2026 April 22/ 03:30: 30pm

    मण्डनदेउपुर/मण्डनदेउपुर नगरपालिका वडा नम्वर ११ मा एक वृद्धको लडेर मृत्यु भएको छ । सोमबार कपडा सिलाई घरमा पु¥याई फर्कने क्रममा भातपोल स्थित पाखाबाट लड्दा भुम्लु गाउँपालिका वडा नम्वर ९ की ७७ वर्षीय पद्यम कुमारी दर्जीको मृत्यु भएको प्रहरी चौकी हिगुवापाटीले जनाएको छ । उनी पाखाबाट अन्दाजी ५० मिटर तल खसेकी थिइन् । उनको घटनास्थलमा नै मृत्यु भएको हो । 
प्रहरी चौकी हिगुवापाटीबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा ३ जना र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरिक्षकको कमाण्डमा ३ जनाको टोली घटनास्थल पुगेको थियो । उता, गएराती चट्याङ लागि एक जना घाइते भएका छन् । भुम्लु गाउँपालिका वडा नम्वर २ तिनथलि बस्ने वर्ष ६५ का रेशम भण्डारी घाइते भएका हुन् । आफ्नै ढुङ्गा माटोले बनेको २ तले घर भित्र बसिरहेको अबस्थामा राती साँढे ८ बजे अचानक चट्याङ लागि उनी घाईते भएका थिए ।  उक्त खबर पाउनासाथ प्रहरी चौकी चौवासबाट २ जनाको टोली गई एम्बुलेन्समा राखि उपचारको लागी धुलिखेल अस्पताल पठाएको थियो । उनको अहिले उपचार भइरहेको छ ।