पनौती/पनौती नगरपालिकाले काठमाडौ उपत्यकाबाट रयाले हुदै पनौती आएकालाई खाना, खाजा खुवाउदै आफना् गन्तब्यमा पु¥याई दिएको छ । नगर प्रमुख भिम न्यौपानेले कोहि पनि जनताहरु दुःखमा परेको देख्न नसकेकाले उनिहरुलाई खाना, खाजा सहित विभिन्न जिल्लामा पठाएको बताउनु भयो । नगर र वाहिरका सबै जनता उहि भएकाले जनतालहरुले दुःख नपाउन् भन्नका लागी गाडी खोजेर नै नगरले पठाएको न्यौपानेले वताउनु भयो ।
जिल्ला प्याब्सन काभ्रेले पैदल गरी पनौती आएका मानिसहरुलाई उद्धार गरी आफेनो आफ्नो जिल्ला पठाएको छ । पनौती नगरपालिकाको समन्वयमा जिल्ला प्याव्सन काभ्रेका अध्यक्ष पूर्ण कुमार श्रेष्ठका अनुसार कैलाली, सुर्खेत, बर्दिया, रोल्पा दाङका मानिसहरुलाई गाडीमा पठाएको बताउनु भएको छ । पनौतीमा अलपत्र परेकाहरुलाई उद्धार गरेका हौं श्रेष्ठले वताउनु भयो । कोहि समस्यामा छ भने थप सहयोग गर्न तयार रहेको श्रेष्ठले बताउनु भयो ।
त्यसैगरी बनेपा नगरपालिकाले नगर भित्र मजदुर गरेर बस्ने ४० भन्दा बढि मजदुरहरुलाई सिन्धुली बर्दिबास पठाएको छ । नगर प्रमुख लक्ष्मी नरसिं बादेले नगरमा अलपत्रमा परेका मजदुरहरुलाई बसमाा हालेर जिल्ला पठाईएको बताउनु भयो । नगरले १ हप्ता अगाडि नगरका सबै वडामा रहेका श्रमिक, मजदुरहरु गरी ४ हजार २ सय परिवारलाई राहत वितरण गरिसकेको जनाएको छ ।





