बनेपा/कोरना महामारीका कारण स्वास्थ्य संस्थामा स्वास्स्थ्य सामाग्रीको कमी नहोस् भन्ने उद्देश्यले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहहरुको लागी रोटरी क्लब काभ्रे र कर्ड नेपालले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
बनेपा नगरपालिकालाई पिपिइ ९ सेट, ग्लब्स, १८ सेट सेनिटाइजर, हेण्ड वास लगायतका स्वास्थ सामाग्री क्लबका अध्यक्ष राम प्यारी बज्राचार्यले बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेलाई हस्तान्तरण गरेकी थिईन् । त्यसैगरी सामुदायिक विकास तथा अनुसन्धान संस्था नेपाल (कर्ड नेपाल) ले धुलिखेल नगरपालिकालाई २ सेट पिपिई, १२ सेट सेनिटाईजर हेण्ड वास लगाएतका सामाग्री स्वास्थ्य शाखा प्रमुख सञ्जीव केसीलाई संस्थाका अध्यक्ष श्याम तिमल्सिनाले हस्तान्तरण गरेका थिए । तिमल्सिनाले संस्थाले महामारीका समयमा संस्थाले थोरै सामाग्री हस्तान्तरण गरेको बताए । सामाग्री हस्तान्तरणमा रोटरी क्लबका पूर्व अध्यक्ष रघुनाथ घिमिरे लगायतको सहभागिता रहेको थियो ।





