2026 April 22/ 04:05: 35pm

बनेपा/बनेपा नगरपालिका अन्तर्गत तथा नगरपालिकामा कार्यक्षेत्र बनाई स्वास्थ्य सेवा दिने विषयमा नगरपालिकाका उप प्रमुख रेखा सापकोटा दाहालको अध्यक्षतामा संस्थाहरुले दिएको सेवाका बारेमा समीक्षा बैठक सम्पन्न भएको छ । 
बैठकले स्वास्थ्य संस्थाहरुले दिदै आएको सेवाहरुलाई निरन्तरता दिने, शिर मेमोरियल अस्पतालमा निर्माण भएको आईसोलेसन कक्षलाई लाई थप प्रभाबकारी बनाउने, निर्णय भएको छ । बैठकमा उप प्रमुख सापकोटा दाहालले नगरका सम्पूर्ण स्वास्थ्य संस्थाहरुलाई दिदै आएको सेवालाई निरन्तरता दिन आग्रह गर्नु भएको थियो । स्वास्थ्य संस्थाहरुमा कुनै समस्या भएमा नगरमा खबर गर्न सेमत दाहालले आग्रह गर्नु भयो । दाहालले नगरमा स्वास्थ्य लगायत खाद्यान्न लगायत अति आवश्यक सामाग्रीको कुनै कमी हुन नदिने समेत बताउनु भएको थियो । नगरमा कुनै पनि ब्यक्ति कुनै अभावमा नरहोस भनेर जनप्रतिनिधिहरु दिनरात नभनी लागिरहेको समेत बताउनु भएको थियो । नगरले २ वटा एम्बुलेन्सलाई तयारी अबस्थामा राखेको, चैत्र महिनामा विदेशबाट आई बनेपा क्षेत्रमा रहनुभएका ब्यक्तिहरुको आरडिटि परिक्षण सम्पन्न भएको र सबैमा कोरना संक्रमण नभएको तथा अन्य क्षेत्रमा बसोबास गर्नेहरुको खोजीकार्य तिब्र पारिएको बताउनु भयो । बैठकमा स्वास्थ्य शाखा प्रमुख सत्यश्वर मैक श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।