2026 April 22/ 04:04: 57pm

बनेपा/नेपाल विद्यार्थी संघको ५१ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ काभ्रेका अध्यक्ष नृपेश वादेको नेतृत्वमा विभिन्न कार्यक्रम भएका छन् । 
उच्च शिक्षा हासिल गर्ने अभिलाषा बोकेर बनेपामा डेरा बस्दै आएको विधार्थीहरुलाई राहत वितरण गरिएको छ भने बनेपा वरिपरिका सामुदायिक कुकुरहरूको लागी सामजिक अभियन्ता रोहित श्रेष्ठ मार्फत बिस्कुट एवम् अभियन्ताहरुको लागि मास्क वितरण गरेको छ । त्यस्तै दैनिक ज्याला मजदुरी गर्ने र बाटोमा हिड्ने बटुवाहरुका लागि १ सय ८० भन्दा बढी जनालाई निःशुल्क खाजा वितरण गरेको छ । त्यस्तै वृद्धवृद्धाहरुलाई वृद्धाआश्रममा खाद्यान्न, मास्क, साबुन र सेनिटाइजर वितरण गरिएको अध्यक्ष बादेले जानकारी दिनु भयो ।