2026 April 22/ 02:26: 37pm

सानोवाङ्गथली/चौरीदेउराली गाउँपालिका वडा नम्वर १ सानोवाङ्गथलीमा रहेको साँगासोती देउपोखरी सामुदायिक वनमा आगलागी भएको छ । 
आगलागी नियन्त्रणका लागि स्थानीयहरुले गरेको प्रयास सफल हुन सकेको छैन । स्थानीयहरुका अनुसार शनिबार दिउँसोबाट शुरु भएको आगो नियन्त्रणका लागि प्रयास भए पनि सल्लो जातका रुखहरु भएकाले नियन्त्रणमा आउन कठिन भएको बताईएको छ । आगो नियन्त्रणका लागि गाउँपालिका, वडा कार्यालय र वन कार्यालयमा समेत जानकारी गराईएको छ । बनमा लागेको डढेलोका कारण बन्यजन्तुहरु संकटमा परेका छन् । केहिदिन नियन्त्रणमा लिन नसके बस्तिहरु जोखिममा पर्ने बताईन्छ । केहि दिन अघि बनेपा नगरपालिका वडा नम्वर ६ को चण्डेश्वरी वन तथा विभिन्न स्थानमा आगलागी भएको थियो । डिभिजन बन कार्यालय काभ्रेले चैत्र, बैशाख र जेष्ठ आगलागीको समय भएकाले बनमा आगो लाग्न सक्ने तर्फ सचेत रहन अनुरोध गर्दै आएको छ । वन कार्यालयका सहायक बन अधिकृत न्हुच्छेकृष्ण श्रेष्ठले सर्वसाधारण तथा सामुदायिक बनका पदाधिकारीहरुलाई वनमा लाग्ने डँडेलो रोक्न पहलका लागि अनुरोध गर्नु भएको छ ।