2026 April 22/ 02:26: 39pm

    काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्वर २ अन्र्तगत प्रदेश सभा २ का प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईले एक महिनाको पारिश्रमिक प्रदेश राहत कोषमा जम्मा गर्नु भएको छ भने बाँकी दुई महिनाको पारिश्रमिक निर्वाचन क्षेत्रका स्थानीय तहमा उपलब्ध गराउनु भएको छ । मण्डनदेउपुर, बनेपा र पनौती नगरपालिका तथा बेथान्चोक गाउँपालिकामा २५ हजारका दरले विपद कोषमा जम्मा हुने गरी रकम उपलब्ध गराईएको प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईले जानकारी दिनुभयो ।