2026 April 22/ 02:28: 22pm

चौरीदेउराली गाउँपालिकालाई सस्थागतरुपमा पहिलो पटक  स्वास्थ्य  सामाग्री  हस्तान्तरण  भएको छ । कोभिड १९ को महामारीबाट सुरक्षित रहन सामाजिक उत्तरदायित्व अन्तर्गत लायन्स क्लव अफ काठमाडौँ परोपकारको सहयोगमा चौंरीदेउराली गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामाग्रीहरु उपलब्ध भएका हुन् । नेकपा नेता लेखराज गौतम, प्रभा एलुम्नाई एसोसिएसनका महासचिव गोकुल गौतम लगायतको उपस्थितिमा गाउँपालिका अध्यक्ष दिनानाथ गौतमलाई स्वास्थ्य  सामाग्री  हस्तान्तरण गरिएको थियो । हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीहरुमा पिपिई १५ थान, ज्वरो नाप्ने डिजिटल थर्मो्िमटर २ सय थान, पुनः प्रयोग गर्न मिल्ने मेडिकल पञ्जा २ सय २५ थान , डिस्पोजल पञ्जा १ सय थान, मेडिकल मास्क २ सय थान, कपडाको मास्क ३ सय ५० थान,  सेनिटाईजर १० लिटर रहेको छ । लायन्स क्लव अफ काठमाडौँ परोपकार की संस्थापक अध्यक्ष पार्वती खरेल पाण्डेले महामारीमा थोरै सहयोग उपलब्ध गराउन पाउँदा खुशी लागेको बताउनु भयो ।