2026 April 22/ 02:26: 38pm

    नेपाल विद्यार्थी संघले अरनिको र विपी राजमार्गमा पैदल हिडिरहेका पैदलयात्री र सडकमा बसिरहेका नागरिकहरुका लागि खाना उपलब्ध गराएको छ । खाना खान सम्भव नभएका श्रमिकहरुका लागि पनि नेविसंघले खाना उपलब्ध गराएको अध्यक्ष नृपेश बादेले जानकारी दिनु भयो । लकडाउन लम्बिदै गए पछि राजधानीमा रहेका मजदुरहरु विपी र अरनिको राजमार्ग हुँदै ५/७ दिनको बाटो हिडेर गन्तब्यमा पुग्ने पैदलयात्रीहरुलाई विभिन्न संघ संस्थाहरुले सहयोग गरिरहेका छन् । पानस पार्टी प्यालेस, नेपाल यातायात स्वतन्त्र मजदुर संगगठन धुलिखेल रुट इकाई लगायतले पैदलयात्रीहरुलाई बनेपा, धुलिखेल र आसपासका क्षेत्रमा खाना उपलब्ध गराउँदै आएको छ ।
    बनेपाको चाँदनीचोकबाट चैत्र २७ गते देखि नेविसंघले निशुल्क खाना खुवाउन शुरु गरेको अध्यक्ष नृपेश बादेले जानकारी दिनु भयो । झण्डै ५ सय भन्दा धेरै ब्यत्तिहरुलाई निशुल्क खाना उपलब्ध गराईएको छ । एक हजार ब्यक्तिहरुका लागि नेविसंघले खानाको तयारी गरेको अध्यक्ष बादेले जानकारी दिनुभयो । लकडाउन अवधीभर पैदल हिड्नेहरुको संख्यामा कमी भएको छैन ।