2026 April 22/ 02:26: 49pm

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामको प्रयासमा ऐक्बद्धता जनाउन, वातावरणीय स्वच्छता, सुख, शान्ति र सम्बृद्धिको कामनाका लागि नयाँ वर्ष २०७७ बैशाख १ गते दिन बिहान ६ बजे जिल्ला भरीका योग शिक्षकहरुले एकै पटक आ–आफ्नो निवासमा परिवार सहित जौ, तिल र गाईको घ्यूको साथमा देबज्ञ गरी नव बर्ष मनाएका छन् । 
पतञ्जली योग समिति बागमती प्रदेशका अध्यक्ष ग्रोविन तौजलेले योग शिक्षक सहित साधारणहरुका लागि पनि आ–आफ्नो निवासमा परिवार सहित आफ्नो क्षमता अनुसार होमादीम ऐक्यबद्धता जनाउन १०८ पटक गायत्री मन्त्र जपका साथमा यज्ञ गरिएको तौजलेले बताउनु भयो ।