2026 April 22/ 02:26: 37pm

    लकडाउनका कारण पसलहरु बन्द भए पछि सामुदायिक कुकुरलाई खाना र पानीको संकट भए पछि केहि स्वयंसेवीहरुले सडकमा कुकुरलाई खाना र पानी उपलब्ध गराउन थालेका छन् । बनेपामा सर्वश्री अधिकारीले शुरु गरेको अभियान पनौती नगरपालिकामा पशुपक्षी शाखाका प्रमुख मणीप्रसाद सापकोटाले नगर भित्र संचालन गर्नु भयो । धुलिखेलमा आकाश भैरव युवा क्लवका अध्यक्ष सुबल चोच्छेको नेतृत्वमा युवाहरुले शहरका विभिन्न स्थानमा खाना र पानीको ब्यवस्था गरेका छन् । युवाहरुको सक्रियतामा धुलिखेलका सबै सामुदायिक कुकुरहरुलाई खाना र पानी उपलब्ध गराईएको वडा सदस्य आनन्द सागर श्रेष्ठले बताउनु भयो ।