2026 April 22/ 02:27: 41pm

    सदियौ देखी चल्दै आएको धुलिखेल नगरपालिका वडा नम्वर ५, ६ र ७ मा हुने हुने विस्केट जात्रा रोकिएको छ । कोराना भाईरसको संक्रमणको आशंकामा जात्रा नगर्न र जात्रा गर्न नसकिएकोमा क्षमा पूजा गर्न नगरपालिकाले अनुरोध गरेको छ । वडा अध्यक्ष संजय कोँजु, रोमीप्रसाद ब्याञ्जुले वडा नम्वर ६ र ७ मा हुने जात्रामा घर बाहिर ननिस्कन अनुरोध गरेका छन् । श्रीखण्डपुरमा लिङ्गो ठड्याएर गरिने जात्रा रोक्न प्रशासन र नगरपालिकाले अनुरोध गरेको थियो । जात्रा ब्यवस्थापन समितिले क्षमा पुजा मार्फत जात्रा सम्पन्न गर्ने तयारी गरेको छ । लकडाउनकै कारण बनेपाको चण्डेश्वरी जात्रालाई समेत प्रभावित बनाएको स्थानीयहरुले बताएका छन् ।