चैत्र २७ गते राती रामेछाप जिल्ला मन्थली स्थित सडक छेउमा रोकी राखेको बा ६५ प ८१२४ नम्वरको २२० सिसीको पल्सर मोटरसाईकल चोरी भाग्ने युवाहरुलाई मंगलटार प्रहरी चौकीले पक्राउ गरेको छ । २८ गते राती २ बजेको समयमा रोशी गाउँपालिका वडा नम्वर ९ मंगलटार स्थित बि.पि.राजमार्गमा सिन्धुली तर्फबाट काठमाण्डौ तर्फ आउदै गरेको उक्त मोटरसाईकल सहित मोटरसाईकलमा सवार तीन जना ब्यक्तिलाई प्रहरीले आशंका लागि सोधपुक्ष गर्दा आवश्यक कागजात देखाउन नसकेपछि मोटरसाईकल चोरी गरी भागेको खुलासा भएको थियो चैत्र २७ गते राति रामेछाप जिल्ला मन्थली स्थित सडक छेउमा रोकी राखेको अवस्थामा लक तोडी चोरी गरी काठमाण्डौ तर्फ चलाई लिई आएको प्रारमिभ बयान दिएका छन् । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नम्वर ३ बस्ने १८ बर्षिय बुद्ध तामाङ, १५ बर्षिय लालबहादुर तामाङ र १५ बर्षिय सन्तबहादुर तामाङ रहेका छन् । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान सहित कारवाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी प्रवक्ता एवं सुचना अधिकारी डिएस्पी कुमार विक्रम थापाले जानकारी दिनु भयो ।





