2026 April 22/ 02:26: 50pm

बनेपा/बनेपा नगरपालिका भित्र रहेका वडा नम्बर ३, ४, ६, ९, १० र १४ मा रहेका स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्र्रहरुको अनुगमन नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेले गर्नु भएको छ । 
नगर प्रमुख बादेले स्वास्थ्य संस्थाहरुबाट दिईएको सेवाका बारेमा नगर प्रमुख लक्ष्मी नरसिं बादेलाई सम्बन्धित स्वास्थ्य चौकीका ईन्चार्जहरु वताउनु भएको थियो । कोरोना भाईरसका कारण सामान्य विरामीहरुलाई औषधी, प्रेसर जाँच र सामान्य रुघाखोकी लगायतका सेवाहरु दिईरहेको स्वास्थ्य ईन्चार्जहरुले नगरप्रमुख वादेलाई बताउनु भएको थियो । वादेले स्वास्थयकर्मीहरुलाई औषधी तथा अन्य समस्या भएमा नगरमा तुरुन्त खबर गर्न अनुरोध गर्नु भएको थियो । अनुगमन बरिष्ठ राजश्व अधिकृत ध्रुर्वराज नेपाल, प्रशासन प्रमुख जुजुभाई मानन्धर, स्वास्थ शाखा अधिकृत महेश्वर श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।