2026 April 22/ 03:31: 02pm

बनेपा/विश्वभर तिब्र गतिमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) का कारण दैनिक ज्याला मजदुरी गरी छाक टार्नुपर्ने वर्गलाई लक्षित गरी राहत वितरण गर्ने उद्देश्यले सामुदायिक साकोसले समेत सामाजिक उत्तरदायित्व अन्र्तगत राहत नगरपालिकालाई हस्तान्तरण गरेको छ । 
पनौती नगरपालिकाले खाद्यान्न सामाग्रीहरु राहत स्वरुप वितरण गर्न पालिकाले खाद्यान्न संकलन केन्द्र (फुड बैंक) को स्थापना गरी विभिन्न संघ संस्थाहरुलाई गरेकोमा साकोसले पनौतीले नगरपालिकाको उक्त फुड बैंकलाई खाने शुद्ध तोरीको तेल २ सय ९४ लिटर संस्थाका अध्यक्ष प्रकाश बन्जाराले पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेलाई हस्तान्तरण गर्नुभएको थियो । संस्थाका अध्यक्ष प्रकाश बञ्जाराले सहकारी संस्था लि.ले संस्थाको सेवाकेन्द्रहरु रहेको स्थानीय तहहरुलाई समेत राहत सामाग्री वितरण गर्नका लागि खाद्यान्न वा नगद सहयोग गर्ने बञ्जाराले वताउनु भएको छ  । 
पाँचखाल, नमोबुद्ध र बनेपा नगरपालिकामा पनि सामुदायिक साकोसले राहत उपलब्ध गराएको छ । नगरपालिकाहरु मार्फत सामुदायिक साकोसले सदस्यहरु तथा ग्रैह् सदस्यहरुका लागि समेत हुने गरी विपद् कोषमा सहयोग गरेको अध्यक्ष प्रकाश बञ्जाराले बताउनु भयो । 
त्यस्तै ज्योती मिर्मिरे सामुहिक साकोसले पनि सदस्यहरु मार्फत राहत उपलब्ध गराएको अध्यक्ष उद्धव सापकोटाले जानकारी दिनु भएको छ । त्यस्तै उद्यम विकास साकोसका अध्यक्ष रोशन श्रेष्ठले सदस्यहरुका लागि राहत उपलब्ध गराईएको बताउनु भएको छ । रोशी साकोस, एकिकृत साकोस लगायत जिल्लामा विभिन्न सहकारीले सदस्यहरु तथा आफ्नो कार्य क्षेत्र भित्रका नगर तथा गाँउपालिकाहरुलाई राहत उपलब्ध गराएका छन् । त्यस्तै विन्धबासिनी सहकारीले पनि जिल्ला विपद् कोष मार्फत केहि थान सर्जिकल माक्स लगायतका सामाग्रीहरु उपलब्ध गराएको छ ।