2026 April 22/ 03:30: 30pm

    कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण र ब्यवस्थापनमा जुटिरहेका स्थानीय सरकारहरुले आ–आफ्ना क्षेत्रमा राहत तथा सचेतनाका कार्यक्रमहरु गरिरहेका छन् । बनेपा नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठको नेतृत्वमा वडाका सम्पूर्ण घरधुरीलाई सेनेटाईजर १ थान, साबुन २ थान माक्स उपलध गराईएको छ भने वडाध्यक्ष श्यामसुन्दर श्रेष्ठको सक्रियतामा वडा नम्वर २, वडा नम्वर ३, वडा नम्वर ४ का स्वास्थ्य चौकी तथा सद्भाव अस्पताल नालाका लागि ८ थान पिपिई उपलब्ध गराईएको छ । 
त्यसैगरी बनेपा नगरपालिका वडा नम्वर १२ महेन्द्रज्योती बाँसडोलका १ सय ५० अति विपन्न परिवारलाई वडा कार्यालयले राहत वितरण गरेको छ । वडा अध्यक्ष रामबहादुर कुँवरले वडा भित्र रहेका अति विपन्न, दलित वर्ग, श्रमिकहरुका लागि खाद्यान्न वितरण गरिएको बताउनु भयो । यसअघि बनेपाका विभिन्न वडाहरुमा राहत वितरण गरिएको छ । 
त्यस्तै वाग्मती टिपर संघ काभ्रेले पनौती नगरपालिका, बनेपा नगरपालिका वडा नम्बर ५ र रोशी गाँउपालिकालाई १/१ टनका दरले चामल हस्तान्तरण गरेको छ । टिपर ब्यबसायीका बरिष्ठ उपाध्यक्ष नविन बैद्यका अनुसार जिल्ला भित्र रहेका टिपर चालक तथा सहचालकलाई समेत राहत वितरण गरिएको वताएको छ । संघले कोहि मजदुरहरु समस्यामा परेको भएमा संघको कार्यालयमा सम्र्पक राख्न समेत आग्रह गरेको छ ।