2026 April 22/ 03:29: 55pm

बनेपा/बनेपा नगरपालिकाकाको गत २० गते बसेको कार्यपालिकाको बैठकको निर्णय अनुसार हाल विश्वमा महामारीका रुपमा फैलिएको कोभिड १९ नामको कोरना भाईरसबाट अंसगिठत क्षेत्रमा कार्यरत श्रमीक बर्ग तथा असहायहरुलाइ राहत बितरण गर्न नेपाल सरकारको मापदण्ड अनुसार राहत वितरण कार्यलाई तिब्र पारेको छ । 
प्रति परिवार चामल १५ केजी, दाल १ केजी, तेल १ लिटर, चिनी १ केजी, नुन १ केजी, साबुन २ वटा बितरण गर्ने निर्णय अनुसार प्रत्येक वडा वडा बाट वितरण गर्नगरिएको नगर प्रमुख लक्ष्मी नरसिंबादेले वताउनु भयो । नगर भित्रका सबै नागरिक तथा तथा नगरमा बसोबास गर्ने श्रमिकहरु भोकै बस्न नपरोस् भनेर उक्त राहत वितरण गरिएको वताउनु भयो । नगर प्रमुख बादेले नगरका सबै स्वास्थय चौकी तथा शहरी स्वास्थ्य केन्द्रहरुका कार्यरत स्वास्थ्यकर्मीहरुलाई समेत सुरक्षित रहनका लागी सामाग्रीहरु पर्याप्त रुपमा रहेको जानकारी दिनु भयो । राहत वितरण वडा नम्बर १ का वडा अध्यक्ष पिताम्बर दुलालका अनुसार १ सय जनालाई, वडा नम्बर २ वडा अध्यक्ष हरि प्रसाद घिमिरेका अनुसार १७ जना वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण प्रसाद दाहालका अनुसार २ सय जना, वडा नम्बर ४ का वडा अध्यक्ष श्याम श्रेष्ठका अनुसार ३ सय जना, वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारीका अनुसार ४ सय जना, वडा नम्बर ६ का वडा अध्यक्ष सचितानन्द केसीका अनुसार ४ सय जना, वडा नम्बर ७ का वडा अध्यक्ष वर्ण शाक्यका अनुसार ४ सय जना, वडा नम्बर ८ का वडा अध्यक्ष दान बहादुर बादेका अनुसार ४ सय ३ जना,  वडा नम्बर ९ का शेरबहादुर सुवालका अनुसार वडा नम्बर ९ मा  मा ३ सय जना, वडा नम्बर १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्काका अनुसार ५ सय जना, वडा नम्बर ११ का वडा अध्यक्ष शिब कुमार थापाका अनुसार २ सय ५० जना, वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य नारायण नापितका अनुसार  २ सय ६० जना,  वडा नम्बर १४ का वडा अध्यक्ष गौरी राउतका अनुसार १ सय २० जनालाई वितरण गरिएको वडा अध्यक्षहरु ले वताउनु भएको छ । नगरमा कोहि पनि ब्यक्तिहरुलाई खान तथा कुनै पनि समस्या भएमा नगरपालिकाका हर्टलाईन नम्बर ०११–६६१२८१ मा सम्र्पक गर्नुहुन अनुरोध गरिएको छ ।