2026 April 22/ 02:00: 09pm

धुलिखेल/लकडाउनको १३ औ दिनसम्म सडकमा पैदलयात्रीहरुको सख्या बढ्दै गए पछि नेपाल यातायात स्वतन्त्र बजदुर संगठन धुलिखेल रुट ईकाईले धुलिखेलको वसपार्कमा प्याकेटमा तयारी खाना र पानि, चाउचाउ निःशुल्क उपलब्ध गराएको छ । 
लकडाउनको समय लम्बिए पछि आफ्नै गाँउ जाने क्रम नरोकिए पछि राजधानीबाट विभिन्न स्थानमा पुग्ने गरी यात्रुहरु हिडिरहेका छन् भने केहि यात्रुहरुले सडकमै रात विताउने गरेका छन् । मजदुर संगठन धुलिखेल रुट ईकाईका अध्यक्ष अर्जुन लामाले मजदुर, पैदलयात्री, सुरक्षाकर्मी लागायतलाई खाना चाउचाउ, पानि वितरण शुरु गरिएको बताउनु भयो । संगठनले २४ गते बाट शुरु गरिएकाले शुरुकै दिनमा ५० जनाले खाना खाएर आफ्नो गन्तब्यमा गएको लामाले बताउनु भयो । संगठनले कुनै पनि मजदुरहरु भोकै नबस्न र यदि समस्या भएमा सगंठनका कार्यसमिती सदस्यहरुलाई खबर गर्न आग्रह गर्नु भएको छ । खाना खुवाउने कार्यलाई लकडाउन अबधिभर जारी राखिने लामाले बताउनु भयो । 
त्यसै गरी नेपाल यातायात स्वतन्त्र मजदुर सगंठन पनौती रुट ईकाईले पनौती नगरपालिका वसपार्क र आसपासका क्षेत्रमा खानेपानी र हातधुनका लागी ड्रम राखिएको संगठनका अध्यक्ष बेदप्रसाद घिमिरेले बताउनु भयो । अध्यक्ष घिमिरे लकडाउनका कारण कुनै मजदुरहरुलाई कुनै पनि समस्या परेमा सगंठनका खबर गर्न आग्रह गर्नु भएको छ । 
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनौती रुट इकाईले पनौती फुड बैकमा खाद्यान्न उपलब्ध गराएको छ । अध्यक्ष बेदप्रसाद घिमिरेका अनुसार फुड बैकमा १४ बोरा चामल, दाल लगायतका सामाग्री उपलब्ध गराएको छ भने पनौतीमा सडकमा बस्ने मानवहरुका लागि खाना पकाएर खुवाउने अभियानका लागि पनि खाद्यान्न उपलब्ध गराईएको अध्यक्ष घिमिरेले बताउनु भयो ।