2026 April 22/ 02:42: 55pm

बनेपा/कोरोना भाईरस रोकथामाका लागी २ हप्ता देखी पुरै देश लकडाउन भएपनि अत्यावश्यक सेवा अन्र्तगत रहेको श्री उग्रचण्डी आयल स्टोरले २४ सै घण्टा सेवा दिएको छ । 
आयल स्टोर्सका प्रोपाईटर आत्माराम थापाका अनुसार अत्यावश्यक सेवा अन्र्तगत चल्ने सवारी साधनहरुका लागी २४ सै घण्टा सेवा दिई सेवामा कुनै कमि नरहेको बताउनु भयो । थापाले ईन्धन भर्दा नापतौल गुणस्तर ठिक भए नभएको हेरी भर्नु हुन, ईन्धन भर्नु अगाडि मिटर जिरोमा भए नभएको हेरेर मात्र भर्न सम्पुर्ण ग्राहक वर्गहरुलाई अनुरोध गर्नु भएको छ । नेपाल सरकारले ईन्धनको भाउ एकै पटक लिटरमा १० रुपँया घटाउँदा लाखौ घाटा भएपनि यस्तो समयमा सेवा दिईरहेको समेत थापाले बताउनु भयो । सरकारले पेट्रोल ब्यबसायीहरुको समस्या बुझनुपर्ने थापाको भनाई थियो । आयल स्टोर्सले विगत २ वर्ष अघि देखी २४ सै घण्टा सेवा दिदै आएकाले अरनिको राजमार्ग र विपी राजमार्गका रात्री सेवाका सवारी साधनहरुका लागी ठूलो राहत पुगेको बताउनु भयो ।