2026 April 22/ 02:42: 42pm

    ईलाका प्रहरी कार्यालय बनेपालाई काभ्रे उद्योग बाणिज्य संघ मार्फत दुई थान पिपिई उपलब्ध गराईएको छ । कोरोना भाईरसको संक्रमणको आशंकामा उद्धार गर्न खटिने क्रममा सुरक्षाकर्मीहरुको सुरक्षालाई ध्यान दिंदै उद्योग बाणिज्य संघ मार्फत उक्त सामाग्री उपलब्ध गराईएको केन्द्रिय सदस्य सुरकृष्ण बैद्यले जानकारी दिनु भयो । प्रहरीलाई पिपिईका साथमा केहि थान स्यानिटाईजर र मास्क उपलब्ध गराईएको छ । जिल्ला अध्यक्ष प्रकाश मानन्धर, उपाध्यक्ष बसन्त भोक्षिभोया, विभागिय संयोजक ग्रुवेन तौजले, महासचिव कैलाश पलाञ्चोके लगायतको टोलीले जिल्लाका विभिन्न स्थानमा खाद्यान्न लगायतका सामाग्रीहरु उपलब्ध गराएको छ । बाग्मती टिपर ब्यवसायी संघद्वारा घोषित १० टन चामल जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण भएका क्वोरन्टाईनमा हस्तान्तरण गरिएको अध्यक्ष प्रेम लामाले बताउनु भयो । 
    त्यस्तै एनएमवी बैक बनेपा शाखा र ओम शान्ति सहकारीले इलाका प्रहरी कार्यालय मातहका प्रहरी र बेथान्चोक गाउँपालिकाको वडा नम्वर ३ र ५ का  १ हजार ५ सय घर धुरीका लागि हात धुने साबुन उपलब्ध गराएका छन् ।