2026 April 22/ 02:28: 21pm

बनेपा/बनेपा नगरपालिकाले कोविड १९ अर्थात कोरोनाको संक्रमण फैलन नदिन लकडाउन अवधिमा काम गर्ने वातावरण नहुँदा छाक टार्न धौ धौ भएका १४ वटै वडाका असंगिठत क्षेत्रमा कार्यरत श्रमिक बर्ग तथा असहायहरुलाई राहत बितरण गर्ने निर्णय गरेको छ । 
निर्णय अनुसार अधिकांश वडाहरुले लगत संकलन गरी राहत वितरण गरेका छन् । नगर प्रमुख लक्ष्मी नरसिं बादेको अध्यक्षतामा सम्पनन कार्यपालिकाको बैठकले विश्वमा महामारीका रुपमा फैलिएको कोभिड १९ नामको कोरोना भाईरसबाट नेपालमा संकट बढ्दै गए पछि उक्त रोगको संक्रमण रोकथाम तथा नियन्त्रणको कार्य थप प्रभावकारी रुपमा सञ्चालन गर्ने, नगरका १४ वटै वडा भित्र असंगिठत क्षेत्रमा कार्यरत श्रमिक बर्ग तथा असहायहरुको परिवारलाई  प्रती परिवार चामल १५ के जि, दाल १ केजि, तेल १ लिटर, चिनी १ केजी, नुन १ केजी, साबुन २ वटा वितरण गर्ने निर्णय भएको छ । त्यसै गरी नगरपालिकाले कोभिड १९ नियन्त्रणका लागी गरेका कामहरुलाई निरन्तरता दिने निर्णय गरेको छ । निर्णय पछि नगरप्रमुख बादेले नगर भित्र रहेका नगरवासी वा अन्यत्रबाट आई बसोवास गर्नु भएका नागरिकहरुलाई राहत, स्वास्थ्य लगाएत कुनै पनि समस्या हुन नदिन जनप्रतिनिधीहरु सक्रिय भई लागेको वताउनु भयो । 
नगरले कोरोना भाईरस फैलन नदिनका लागी लकडाउनलाई पूर्ण पालना गराउन लागेको, विपद् ब्यबस्थापन कोषमा १५ लाख थप गरिएको, नेपाल सरकारको केन्द्रिय विपद् कोषमा ५ लाख राखेको, बनेपा नगरपालिका वडा नम्बर ६ को रेडक्रस तालिम केन्द्रमा ६५ बेडको क्वारेन्टाईन तयार पारिएको, नगरवासी र असंगिठत क्षेत्रमा कार्यरत श्रमिक बर्ग तथा असहायहरुलाई राहत वितरण शुरु गरिएको, भाईरस फैलन नदिन प्रत्येक वडामा जोखिम न्युनिकरणका लागी डिसईन्फेक्सन स्प्रे छर्किने कार्य गरिएको वताउनु भयो । नगरपालिकाले नगरवासीहरुलाई समस्या परेमा हर्टलाईन नम्बर ०११–६६११८१ मा सम्पर्क गर्न सकिने समेत बताएको छ । त्यसै गरी बैठक पछि नगर उप प्रमुख रेखा सापकोटा दाहालले नगरमा कोरोना भईरस फैलन नदिन सबै सचेत भई लकडाउनको पालन गर्नुपर्ने बताउनु भयो । संक्रमण फैलन नदिने दायित्व नगरको मात्रै नभएकाले नगरबासीहरुले पनि घरमै बसेर त्यसलाई सहयोग गर्न प्रेरित गर्नु पर्ने बताउनु भयो ।