2026 April 22/ 02:42: 45pm

बनेपा/लकडाउनको १२ औं दिनसम्म सडकमा पैदलयात्रीहरुको कमी नभए पछि बनेपाको चण्डेश्वरीमा रहेको पानस पार्टी प्यालेसले प्याकेटमा तयारी खाना र मिनरल वाटर एक बोतल उपलब्ध गराएको छ । प्रहरीले लगातार सडकमा हिड्ने ब्यक्तिहरुलाई पक्राउ गर्ने गरे पनि राजधानीबाट विभिन्न स्थानमा पुग्ने गरी यात्रुहरु हिडिरहेका थिए भने केहि यात्रुहरुले सडकमै रात बिताउने गरेका थिए । 
काभ्रे उद्योग बाणिज्य संघको समन्वयमा पानस पार्टी प्यालेस चण्डेश्वरी ५ का सुर्य श्रेष्ठ, बिमल सोनाम, विकास श्रेष्ठ, इन्द्र श्रेष्ठ, नवीन वैद्य, निरन्जन तिमल्सिना, दिपक दाहाल, दिनेश दाहाल, अरुण थापा लगायतको सहयोगमा निःशुल्क खाना तथा खानेपानी वितरण गरिएको प्रोपाईटर सुर्य श्रेष्ठले जानकारी दिनु भयो । उक्त कार्यक्रमले पैदलयात्री, मजदुर, सडक बालबालिका, विपन्न परिवारका सदस्यहरुलाई सहयोग पुगेको छ । अभियानको शुभारम्भमा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, जिल्ला अध्यक्ष प्रकाश मानन्धर, महासचिव कैलाश पलाञ्चोके, नगरपालिका प्रतिनिधि जुजुभाई शुद्धाकार लगायतको सहभागिता रहेको थियो । दैनीक ५ सय भन्दा धेरै ब्यक्तिहरुका लागि खाना तयार गरिएको प्रोपाईटर सुर्य श्रेष्ठले बताउनु भयो । तयारी प्याकेटमा खाना, आलु काउली र राजमार्गको अलग अलग तरकारी, अचार र सलाद राखिएको छ । बनेपा र आसपासका क्षेत्रमा पैदलयात्री लगायतलाई उक्त खाना निरन्तर उपलब्ध गराईएको श्रेष्ठले बताउनु भयो । बुधबारसम्म १ हजार ५ सय भन्दा धेरै पैदलयात्रीहरुलाई लगातार खाना वितरण गरिएको छ ।