बनेपा/बनेपा नगरपालिका वडा नम्वर ७ ले वडा भित्र रहेका विपन्न परिवारका एक सय परिवारलाई राहत वितरण गरेको छ ।
वडा अध्यक्ष वर्ण शाक्यको अध्यक्षतामा वितरण गरिएको राहत कार्यक्रममा प्रति परिवार चामल १० केजी, चिउरा एक केजी, नुन एक केजी, चिनी एक केजी र दाल एक केजी उपलब्ध गराईएको अध्यक्ष शाक्यले जानकारी दिनु भयो । उक्त कार्यक्रममा वडा अध्यक्ष वर्ण शाक्य, वडा सदस्य अनिल भैल, साजन मुस्याजु, समाजसेवी पुरुषोत्तम श्रेष्ठ, रविन्द्र वैदार, सुविन्द्र राजभण्डारी, वडा सचिव कृष्ण श्रेष्ठ, स्थानीयहरु लगायतको सहभागिता रहेको थियो । वडा मार्फत विपन्न परिवारलाई राहत वितरण गरिएको हो । वडा भित्र रहेका अन्य विपन्न परिवारहरुलाई पनि राहत वितरण गरिनेछ ।
यस अघि वडा मार्फत विभिन्न क्षेत्रमा राहत वितरण गरिएको थियो । विदेशबाट स्वदेश फर्किएका ब्यक्तिहरुको नामावली संकलन गरी स्वक्वारेन्टाईनमा बस्न अनुरोध गरिएको अध्यक्ष शाक्यले बताए ।





