चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड १९) विश्व समुदाय आक्रान्त बनेको सन्र्दभमा श्रमिक तथा मजदुरका सन्दर्भमा नेपाली काग्रेसका केन्द्रिय सदस्य एवं श्रमिक तथा मजदुर बिभाग संयोजक शिवप्रसाद हुमागाईले बिज्ञप्ति प्रकाशन गर्नु भएको छ । विज्ञप्तीमा ‘महामारी विरुद्ध राष्ट्रिय महाअभियान २०७६’ घोषणा गरि आवश्यक सामाग्री तत्काल उपलब्ध गराउने र जोहो गर्ने व्यवस्था गर्न, मेडिकल टिमलाई डब्लुएचओको मापदण्ड अनुरुप आवश्यक उपकरण, औजार र सामाग्रीको व्यवस्थापन गरि ‘सुरक्षित क्वारेन्टाइन’को निर्माण र राख्ने व्यवस्था गर्न, उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई सबैखालका सुरक्षा उपलब्ध गराउन, ‘स्वास्थ्यकर्मी प्रोत्साहन प्याकेज’ घोषणा गर्न, सबै जिल्ला अस्पतालमा प्रशस्त मात्रामा पुग्नेगरी स्तरीय टेस्ट व्यवस्था गर्न, ‘हाम्रो स्वास्थ हाम्रो साबधानी’ रणनीति बनाई आवश्यक उपकरण, औषधि, सघन उपचार कक्ष, भेन्टिलेटर आदिको तयारी गर्न माग गरेको छ ।
महामारी नियन्त्रण गर्नका लागि राष्ट्रिय योजना कार्यन्वयन गर्ने सन्दर्भमा स्वास्थकर्मीहरुलाई उपचारमा एकरुपता कायम गराउन तत्काल कार्यशाला, सेमिनार, गोष्ठी र टे«निङ सञ्चालन गर्न, लकडाउनसँगै सबै क्षेत्र बन्द घोषणा गरेसंगै औधोगिक कलकारखाना, व्यापार व्यवसाय, सम्पुर्ण कार्यालयहरु बन्द भए । बन्द र लकडाउन भएपछि अलपत्र र अप्ठेरोमा परेका स्वदेश तथा विदेशमा काम गर्ने मजदुर, श्रमिकहरुलाई सुरक्षीत तवरले गन्तव्यसम्म पु¥याउने व्यवस्था गर्न, कम आय भएका, दैनिक ज्यालादारी गर्ने मजदुर, श्रमिक र आमनागरिकलाई वर्गिय तहमा निर्धारण गरि सबै तहका सरकारको प्रभावकारी समन्वयमा ‘निशुल्क र सस्तो शुल्क’ राहत प्याकेजको व्यवस्था गर्न, लकडाउन लम्बिदै जादा आइपर्न सक्ने खाद्य तथा अत्यावश्यक संकटबाट बच्न ‘खाद्य तथा अत्यावश्यक सामाग्रीको जोहो गर्ने, भण्डारण गर्ने र वितरण गर्ने विधि र वातावरण’ बनाउन, न्यून आय भएका व्यक्ति, श्रमिक र मजदुरहरुका लागि ‘पूर्ण राहत प्याकेज’को व्यवस्था गर्न, संक्रमणको उच्च जोखिमको यस समयमा सरकारी एवम् उधोग वाणिज्य संघ मार्फत सुरक्षात्मक उपाय सहितका ‘अनलाइन सेवा, सहुलियत घुम्ती सेवा’ को व्यवस्था गर्न माग गरिएको छ । त्यस्तै विपन्न एवम् मजदुरको छोराछोरीको हकमा आसन्न शैक्षिक सत्रको ‘अध्ययन शुल्क मिनाहा’ गर्न माग गरिएको छ ।





