धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर ६ र ७ मा ज्यालादारी गरेर बस्ने मजदुर तथा श्रमिकहरुका लागि खाद्यान्न अभाव हुन नदिन विशेष तयारी गरिएको छ । नगर प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा भएको छलफलमा वडा अध्यक्षहरु, सदस्यहरु तथा अन्य विभिन्न संघ संस्थाका ब्यक्तिहरुको सहभागितामा उक्त ब्यवस्थापन गर्न लागिएको हो ।
लकडाउनको अवस्थामा दैनिक जिविकोपार्जन गरि बस्ने कामदार, तथा दैनीक उपभोग गर्न कठिन हुने समुदायालाई राहत वितरण गर्न कार्यक्रम सन्चालन गर्ने निर्णय भएको सदस्य आनन्दसागर श्रेष्ठले बताउनु भयो । कोठा भाडामा रहेर खाद्यान्न अभाव हुने ब्यक्तिहरुको पहिचानका लागि लगत संकलन गरी राहत उपलब्ध गराउने गरी तयारी गरिएको छ । वडा नम्वर ६ का अध्यक्ष संजय कोँजु, सदस्यहरु आन्नद सागर श्रेष्ठ, रोजना श्रेष्ठ, मधुसुदन लाई सम्पर्क गर्न सकिन्छ भने वडा नम्वर ७ का अध्यक्ष रोमी प्रसाद व्याञ्जु, सदस्यहरु अमित खोजु, निरु माकजु, मनिष माकजु सचिव, समन काजी चोच्छे लगायतलाई सम्पर्क गर्न सकिने बताईएको छ ।





