कोभिड १९ रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि सरकारले स्थापना गरेको विपद कोषमा बनेपा नगरपालिकाले ५ लाख उपलब्ध गराउने भएको छ । नगर प्रमुख लक्ष्मीनरसिं बादेको अध्यक्षतामा नगरपालिकामा बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको प्रमुख बादेले बताउनु भयो ।
सरकारले स्थापना गरेको कोषमा नगरपालिकाले ५ लाख उपलब्ध गराउने निर्णय सँगै बनेपा नगरपालिकाको विपद ब्यवस्थापन कोषमा थप १५ लाख रुपैया विनियोजन गरिएको नगर प्रमुख बादेले बताउनु भयो । त्यसै गरी नगरपालिकाले कोभिड १९ नियन्त्रणका लागी गरेका कामहरुलाई थप प्रभावकारी बनाउँदै बनेपा नगरपालिका वडा नम्बर ६ मा रहेको रेडक्रस तालिम केन्द्रमा बनाईएको ६५ वटा क्वारेन्टाईन बेडलाई आवश्यकता अनुसार थप गर्दे लैजाने नगर प्रमुख लक्ष्मी नरसिं बादेले वताउनु भयो । नगरबासीहरुलाई नगर र नेपाल सरकारले गरेका निर्णयहरु पालन गर्न समेत बादेले अनुरोध गर्नु भयो । बनेपा नगरपालिकाले बनेपाको पोलिटेक्निकल विद्यालयमा पनि क्वारेन्टाईन निर्माणको तयारी गरेको छ । उक्त क्वारेन्टाईनका लागि आवश्यक पर्ने खाद्यान्न लगायतका सामाग्रीको ब्यवस्थापन हुँदैछ ।





