2026 April 22/ 02:00: 27pm

रिलायन्स फाईनान्सकोे माक्स, ग्लोब्स र स्यानिटाईजर 
बनेपा/बाग्मती ट्रिपर ब्यवसायी संघले जिल्लाका विभिन्न स्थानमा तयार गरिएका क्वारेन्टाईनहरुका लागि १० टन चामल उपलब्ध गराउने घोषणा गरेको छ । साथै रिलायन्स फाईनान्स र बाग्मती टिपर ब्यवसायी संघको सहकार्यमा सुरक्षाकर्मीहरुका लागि आवश्यक पर्ने मास्क, स्यानिटाईजर र ग्लोब्स उपलब्ध गराईएको छ । 
    ‘निरन्तर नागरिकको सुरक्षामा खटिने सुरक्षाकर्मीहरुका लागि रिलायन्स फाईनान्स र बागमती टिपर ब्यवसायी संघको तर्फबाट केहि थान मास्क, स्यानिटाईजर र ग्लोब्स उपलब्ध गराउने निर्णय गरेका हौं’– नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य एवं बागमती टिपर ब्यवसायी संघका प्रमुख सल्लाहकार सुरकृष्ण बैद्यले भन्नभुयो–‘आवश्यक पर्ने अन्य सहयोगका लागि पनि तयार छौं ।’ बैद्यले उद्योग बाणिज्य संघ लगायत अन्य संघ संस्थाहरुको समन्वयमा अन्य सहयोग गर्ने बताउनु भयो । 
    बागमती टिपर ब्यवसायी संघले क्वारेन्टाईनमा राखिएका नागरिकहरुका लागि जिल्लाभर १० टन चामल उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष प्रेम लामाले बताउनु भयो । ‘जुन जुन स्थानीय तहमा क्वारेन्टाईन छन्, त्यहाँ राखिएका क्वारेन्टाईनमा राखिएका नागरिकहरुका लागि सामुहिक रुपमा चामल उपलब्ध गराउने गरी निर्णय गरेका छौं’–अध्यक्ष लामाले भन्नुभयो–‘सम्बन्धित पालिकाहरुमा सोहि स्थानबाट चामल खरिद गरी पु¥याउने ब्यवस्था मिलाईएको छ ।’ १० टन चामल बराबर ५ लाख रुपैयाँ हुनेछ । जिल्लामा अन्य खालको सहयोगका लागि पनि जिल्ला विपद् ब्यवस्थापन समितिसँगको समन्वयमा सहयोग उपलब्ध गराउने अध्यक्ष लामाले बताउनु भयो ।