2026 April 22/ 02:01: 12pm

नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले विज्ञप्ती प्रकाशन गर्दै स्थानीय सरकारलाई राहत तथा ब्यवस्थापन तथा विपद जोखिममा समन्वयका साथै बैदेशिक रोजगारबाट फर्किएका नागरिकहरुको विवरण संकलनका लागि अनुरोध गर्नु भएको छ । कोभिड १९ संक्रमण बैदेशिक रोजगारबाट फर्किएका ब्यक्तिहरुमा लगातार देखिएसँगै स्थानीय सरकारहरुले त्यसमा चासो देखाउन र त्यस्ता ब्यक्तिहरुको निगरानी गरी सकेसम्म घर भित्रै गुप्तबास रहन, केहि लक्षण देखिए स्थानीय स्वास्थ्य चौकी मार्फत नजिकको अस्पताल पु¥याउ, गुप्तबासका कारण नागरिकहरु संकटमा परे तत्काल राहत उपलब्ध गराई ब्यवस्थापन गर्न अध्यक्ष अशोक ब्यात्तजुले गर्नु भएको छ । देशभरका महानगर÷उपमहानगर र नगरपालिकाहरुलाई विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को कारणबाट विभिन्न देशहरुमा हजारौ मान्छेहरुले ज्यान गुमाउनुका साथै लाखौ मान्छेहरु यस रोगबाट प्रभावित भएको र विश्व स्वास्थ्य संगठनले पटक पटक नेपाल समेत उच्च जोखिममा रहेकाले विशेष सतर्कता अपनाउन नगरपालिका महासंघले अनुरोध गरेको छ । 
नेपालमा हालसम्म पाँच जना व्यक्तिहरुमा यस रोगको संक्रमणको औपचारीक पुष्टि भईसकेको अवस्था छ ।  विषेश गरी अन्यत्र मुलुकबाट नेपाल आएका मानिसहरुमा यस रोगको संक्रमण देखा परिरहेको परिप्रेक्षमा उक्त रोगको थप संक्रमणबाट जोगिन तथा जोगाउनका लागि अन्यत्र मुलुकबाट नेपाल आएका नेपाली नागरिकहरुको तथ्यांक संकलन गरी उचित व्यवस्थापन गर्नु जरुरी भएकाले त्यसको कार्यान्वयनको निमित्त सबै स्थानीय सरकारहरुले सक्रिय भूमिका निर्वाह गर्न अध्यक्ष ब्याञ्जुले अनुरोध गर्नु भएको छ । तसर्थ नगरपालिकाहरुद्वारा वडा अध्यक्ष, वडा सदस्य लागएत अन्य जनप्रतिनिधि तथा कर्मचारीहरुको सहयोगमा विगत एक महिनादेखि अन्यत्र मुलुकहरुबाट नेपाल आई बसोबास गरेका नागरीकहरुको विवरण संकलन गरी प्रदेश सरकार, संघ सरकार तथा नेपाल नगरपालिका संघलाई उपलब्ध गराई सम्भावित महामारीको जोखिम न्युनीकारणमा गर्नका लागि यथासक्य भूमिका निर्वाह गर्न र नगरबासिहरुको सेवाका लागि सदैव सचेत रहन सम्पुर्ण नगरपालिकाहरुलाई अध्यक्ष ब्याञ्जुले अनुरोध गर्नु भएको छ ।