कैदीबन्दीलाई इन्सेकको पहलमा औषधी
सुरक्षाकर्मी र क्वारेन्टाईनलाई सहयोग
बनेपा/सत्तारुढ दल नेकपा निकट युवा र विद्यार्थीहरुले सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र निर्माण भएका क्वारेन्टाईनहरुका लागि सहयोग उपलब्ध गराएका छन् । साथै इन्सेकको पहलमा कैदीबन्दीहरुलाई कारागार भित्र औषधी उपलब्ध गराईएको छ ।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटीले प्रहरीलाई मास्क, पञ्जा, र स्यानिटाइजर उपलब्ध गराएको छ । अनेरास्ववियु काभ्रे जिल्ला कमिटीले ४ सय ५० वटा मास्क, ४ सय पञ्जा र स्यानिटाइजर हस्तान्तरण गरेको संयोजक उपेन्द्र शर्माले बताउनु भयो । जनताको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई अत्यावश्यक स्वास्थ्य सामाग्री अभाव हुन थालेपछि अनेरास्ववियुले सहयोग गरेको अनेरास्ववियु काभ्रेका संयोजक उपेन्द्र शर्माले बताउनु भयो । सुरक्षाकर्मीलाई कोरोना भाइरसको संक्रमण हुन नदिन थोरै भएपनि सहयोग गर्ने उदेश्यले अत्यावश्यक सामाग्री हस्तान्तरण गरिएको उहाँले बताउनु भयो । स्वास्थ्य सामाग्री ग्रहण गर्दै इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले संकटको समयमा सहयोग गरेकोमा धन्यवाद दिनु भएको थियो । जनताको लागि निरन्तर सेवा दिने सुरक्षाकर्मीहरुका लागि हुने भएकाले उक्त सेवामा साथ दिन तिमल्सिनाले अनुरोध गर्नु भएको छ । जिल्ला संयोजक शर्माले जस्तोसुकै परिस्थितीमा पनि आफुहरु प्रहरीलाई साथ दिन तयार रहेको बताउनु भयो । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा प्रहरी, अनेरास्ववियु जिल्ला संयोजक शर्मासँगै जिल्लाका विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो ।
त्यस्तै ईन्सेक काभ्रेको सहकार्य तथा राष्ट्रिय यूवा संगठन नेपालको ब्यवस्थापनमा जिल्ला कारागार कार्यालय काभ्रेपलाञ्चोकमा रहेका कैदीबन्दीहरुलाई औषधी वितरण गरिएको छ । सुगर, प्रेस, रुघोकोकी, सेनिटाइजर, साबुन, ग्लब्स लगायतका सामग्री जेलर जङ्गबहादुर राईलाई हस्तान्तरण गरिएको हो । जेलमा २ सय ३७ जना कैदीबन्दीहरु छन् । जस मध्ये केहि नियमित औषधी सेवन गर्ने विरामी छन् । कारगारमा ओजिला ५ वट्टा, जोसट २ वट्टा, क्लोनाज १ वट्टा, भल्परेन वट्टा, ट्रेड २५, २ वट्टा, डिटोल साबुन २४ पिस, ग्लोब्स ३० थान, स्यानेटाइजर २५ पिस, डिकोल्ड १०० फाइल र साईनेक्स ५० फाइल रहेका छन् । औषधी वितारण गर्नु हुदै स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेद्रकुमार झाले कोरोना भाईसरले आक्रान्त भभई रहेको बेला कारगारभित्र रहेका बन्दीहरुका लागि ईन्सेक काभ्रेको पहलमा औषधी वितरण भएकोमा ईन्सेक काभ्रेलाई धन्यवाद दिनुभयो । उहाँले कारगारमा रहेका बन्दीहरुका लागि स्वास्थ्य कार्यालय काभ्रेले पनि सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य भेषराज शाह र जिल्ला संयोजक बिक्रम चौलागाई, इन्सेक काभ्रेका प्रतिनिधि हिरामान लामा लगायतको सहभागिता रहेको थियो । बन्दीहरुलाई मनकारी भावना बोकेर ईन्सेकको पहलमा आइपुगेका सहयोगी यूवा व्यवसायीहरुलाई कारगारका प्रमुख जेलर जङ्गबहादुर राईले धन्यवाद दिनुभयो । जेल सुधार गृह भएकाले जेल भित्र रहेका सबै कैदीबन्दीहरुको जीवनलाई सकारात्मक बाटोतर्फ डो¥याउन सबैले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।
त्यस्तै राष्ट्रिय युवा संघ नेपाल काभ्रेका सयोजक बिक्रम चौलागाईं तथा काभ्रे राष्ट्रिय युवा संघका नेता जेशन घिसिङको नेतृत्वमा ईलाका प्रहरी कार्यालय बनेपा, सडकमा डयुटीमा रहेका प्रहरीहरु, जिल्ला स्तरीय तथा नगर स्तरीय विपद व्यवस्थापन समितिलाई पानी उपलब्ध गराएको छ । ५० कार्टुन पानी विभिन्न स्थानमा उपलब्ध गराईएको अध्यक्ष चौलागाईले बताउनु भयो । धुलिखेल नगरपालिकामा उपप्रमुख विमला शर्मा चौलागाईलाई पानी हस्तान्तरण गरिएको थियो ।





