2026 April 22/ 12:49: 56pm

जिल्लामा १ सय ८ जना क्षयरोगी
धुलिखेल/क्षयरोगका कारण मृत्यु भएका व्यक्तिहरुको सम्झना स्वरुप हरेक बर्ष  २४ मार्चमा बिश्वक्षयरोग दिवस मनाउने गरेको छ । यो वर्ष कोरोाना भाईरसका कारण यो दिवस नमनाए पनि क्षयारोगीहरुको अवस्थाका बारेमा स्वास्थ्य कार्यालयले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
जिल्लामा क्षयरोगीहरुको संख्या कम गर्न सरकारी १ सय १५,  गैह्सरकारी  संस्था १, निजी २ र अन्य १ गरी १ सय २० स्थानबाट डट्स सेवा शुरु भईरहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिनु भएको छ । उक्त रोग निदानको लागी १९ वटा माइक्रोसकोपिक सेन्टरहरु संचालित भईरहेको उहाँले बताउनु भयो । आर्थिक वर्ष २०७६÷०७७ को पहिलो चौमासिकको तथ्याङ अनुसार काभ्रे जिल्लामा ५५ जना पिसिबी, १४ जना पिसिडी तथा ३९ जना इपी क्षयरोग बिरामीहरुले औषधी लिई रहेका छन् । जसमध्ये १५ देखि २४ बर्ष उमेर समुहका २१ जना, २५ देखि ३४ बर्ष उमेर समुहका २० जना र ३५ देखि ४४ उमेर समुहका २८ जना छन् ।
क्षयरोगका विरामीहरु अन्य तहमा भन्दा धेरै बनेपा नगरपालिकामा दर्ता भएका छन् । कतिपय स्वास्थ्य संस्थामा जाँदै नजाने र गए पनि नियमित औषधी सेवन नगर्ने गरेको पाईएको छ  । जिल्लामा एचईआरडी सस्था मार्फत क्षयरोग नियन्त्रण कार्यमा सहयोग हुँदै आएको छ । आगामी दिनमा सक्रिय क्षयरोगी पत्ता लगाई एमडीआर सेन्टर थप्नुपर्ने बताईएको छ । हाल खोपासी प्राथमिक स्वास्थ्य केन्द्रमा ६ जना बिरामीहरुले उपचार गराईरहेका छन् ।