2026 April 22/ 12:49: 45pm

बनेपा/बनेपा नगरपालिका स्वास्थ्य स्वास्थ्य शाखाले दादुरा रुबेला खोपको राष्ट्रिय अभियान अन्र्तगत दोस्रो चरणमा संचालन गर्ने भएको छ । कोरोना महामारीका कारण अर्काे चरणमा उक्त अभियान शुरु हुने भएको छ । 
बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिं बादेको अध्यक्षतामा बसेको बैठकले खोप कार्यलाई सफल बनाउन अभिमुखिकरण समेतको आयोजना गरेको हो । अभिमुखीकरण कार्यक्रममा यो खोप लगाउने बालबालिकाहरुलाई उक्त रोगको अलावा झाडापखाला र विफरका रोगबाट समेत बालबालिकाहरुलाई बचाउन सकिन्छ । २०२३ भित्र नेपाललाई पोलियो र दादुरा रुवेला उल्मुलन गरिसक्ने लक्ष्य अनुसार ९ महिना देखी ५ वर्षका कोहि बालबालिकाहरुलाई नछुटाई उक्त खोप लगाउने अभियान शुरु गरिएको अभिमुखीकरण कार्यक्रममा जानकारी दिईएको थियो । विशेषगरी श्रममा जाने मजदुरका सन्तानहरु नछुटुन् भन्ने उद्देश्यले हरेक खोप केन्द्रहरुमा त्यो उमेर समुहका बालबालिकाहरु ल्याउने गरी जनप्रतिनिधिहरु तथा विभिन्न सरोकारवाला ब्यक्तिहरुलाई अनुरोध गर्ने बताएको थियो । उक्त अवधिमा सबै अभिभावकहरुले आफ्ना सन्तानहरुलाई उक्त खोप लगाई अभियान सफल बनाउन र रोगबाट बच्न स्वास्थ्य शाखाका प्रमुख सत्यश्वर मकै श्रेष्ठले अनुरोध गर्नु भएको छ ।  । 
    अभिमुखीकरण कार्यक्रममा बनेपा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत आनन्दराज पोखरेल, बनेपा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष तथा सामाजिक विकास संयोजक चन्द्र बहादुर खड्का शिर मेमोरियल अस्पतालका डा.अरुण गुप्ता विभिन्न विद्यालयका प्रतिनिधि, स्वास्थ्य ईन्चार्ज लगायतका ब्यक्तिहरुको  उपस्थिती रहेको थियो । 
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सत्यश्वर मकैले नगरमा ५ हजार ७ सय २९ जनाका बालबालिकाहरुलाई खोप लाउने लक्ष्य रहेको, ६७ वटा लखोप केन्द्र, १ सय ३० जना स्वयमसेवक खटिने बताउनु भएको थियो । कार्यक्रम संचालन स्वास्थ्य शाखाकी सिता भट्टराईले गर्नु भएको थियो । सरकारले अर्काे चरण घोषणा गरेसँगै यो अभियान शुरु हुनेछ । पहिलो चरणको अभियान सम्पन्न भएको छ ।