2026 April 22/ 12:36: 11pm

श्रीखण्डपुर/बेकुलाँ मार्ग टोल विकास संस्थाले धुलिखेल नगरपालिका वडा नम्बर ५ श्रीखण्डपुर बस्ने टेक बहादुर थापाको ब्रेनमा असर परि धुलिखेल अस्पतालमा उपचार गरिरहेका थापालई टोल विकासको पहलमा १ लाख ६७ हजार ४ सय २१ रकम सहयोग गरिएको छ । 
धुलिखेल नगरपालिका, टोल विकास संस्था,विभिन्न ब्यक्तिहरुको सहयोगमा उक्त रकम सहयोग गरिएको धुलिखेल नगरपालिका वडा नम्बर ५ का वडा सदस्य प्रमोद सुन्दर श्रेष्ठले वताउनु भयो । थापाको उपचारमा धेरै रकम लाग्ने भएकाले पारिवारीक अबस्था कमजोर रहेकाले सहयोग गरिएको श्रेष्ठले वताउनु भयो । थापालाई विदेशमा बस्ने श्रीखण्डपुरवासी, साथीभाई र आफन्तलाई समेत सहयोग गर्न आग्रह गरिएको छ ।