2026 April 22/ 12:36: 11pm

धुलिखेल/जयोज नर्सिङ श्रेष्ठको सभापतित्वमा धुलिखेल नगरपालिक का प्रमुख अशोक कुमार ब्यान्जुको प्रमुख आतिथ्यतामा आकाश भैरब क्लबको १८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । 
जिल्लाको पुराना क्लबहरू मध्येको एक पुरानो क्लब हो । जिल्लामा उदाहरणिय काम गरेको भन्दै खेलकुद, साँस्कुतिक कार्य, समाज सेवा, विकासको काममा समेत आफ्नो कार्य गरेकोमा धन्यवाद व्यक्त गर्नु हुदै प्रमुख अशोक कुमार ब्यान्जुले आफ्नो युवा अवस्थाको स्मरण समेत गर्नु भएको थियो । सामाजिक कार्य गर्ने मान्छे अमर रहन्छ भन्ने उहाँको भनाई लाई सभाले खुब रूचाएका थिए । कार्यक्रममा धुलिखेल उधोग वाणिज्य सघंका अध्यक्षले शुभकामना मन्तव्य रख्नु भयो । कार्यक्रममा धुलिखेल वडा नगरपालिका वडा नम्वर ६ का अध्यक्ष सन्जय कोँजुको पनि उपस्थिति रहेको थियो । भेलाले सुबल चोच्छेको अध्यक्षतामा नया कार्य समिति गठन गरेको छ । निर्वाचन अधिकुत निरज श्रेष्ठको उपस्थिति रहेको थियो ।