2026 April 22/ 12:34: 23pm

पनौती/पनौतीमा युवाहरु माझ लोकप्रिय संस्था पनौती नेपालको आठौ वार्षिक साधारण सभा तथा चौंथो अधिवेशन गत शनिवारका  पनौती नगरपालिका, वडा नं. ९ स्थित ग्रिनल्याण्ड रिसोर्टमा सम्मन्न भएको छ । 
साधारण सभाबाट निवास श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन भएको छ । जसमा उपाध्यक्ष विकास होराजू,सचिव सानुबाबु तामाङ, कोषाध्यक्ष  प्रकाश श्रेष्ठ, सदस्यहरुमा अरुण कर्माचार्य, शेसन ताम्राकार, पुरुषोत्तम कर्माचार्य, हरिशरण श्रेष्ठ, महेश कोङ्गा, गौतम श्रेष्ठ, ईश्वर कर्माचार्य रहेका छन् । 
कार्यक्रमको सभापतित्व  संस्थाका अध्यक्ष जीवन रघु श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा सचिव तथा कोषाध्यक्षको प्रतिवेदन माथि छलफल गरी पारित गरिएको थियो । कार्यक्रममा  संस्थालाई उक्त अवस्थासम्म ल्याई पुर्याउन सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी महानुभावहरु संघ संस्थाहरुलाई सम्मान गरिएको थियो ।