बनेपा/नेपाल विद्यार्थी संघ काभ्रेले सामुदायिक विद्यालयहरुका विद्यार्थीहरुलाई निःशुल्क मास्क तथा कोरोना भाईरसको संक्रमणका बारेमा जनचेतनामुलक पर्चा वितरण गरेको छ ।
बनेपाको आजाद, शिक्षा सदन, हिमालय र चैतन्य माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुलाई मास्क वितरण गरेको छ । अध्यक्ष नृपेश बादेको संयोजकत्वमा नेविसंघका नेताहरुले उक्त कार्यक्रममा सहभागिता जनाएका थिए । चैत्र ५ गते भित्र सबै विद्यालयको परीक्षा सक्न सरकारकाले निर्देशन दिएको भए पनि केहि विद्यालयहरुले उक्त समय भित्र परीक्षा सक्ने तयारी गरेका छैनन् । नेविसंघले कोरोना भाईरस संक्रमणबाट बच्न विभिन्न संघ संस्थाहरुले जिल्लाका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन् ।





