2026 April 22/ 12:49: 34pm

पहिलो चरणमा आठ वटा स्थानीय तहमा 
धुलिखेल/दादुरा रुबेला खोपको राष्ट्रिय गत  आईतबारबाट शुरु भएको छ । पहिलो चरणमा आठ वटा स्थानीय तहमा ९ महिना देखी ५ वर्ष मुनिका २० हजार ९ सय ५७ जना बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप उपलब्ध गराईनेछ भने दोश्रो चरण चैत्र १४ देखि २२ गतेसम्म बाँकी पाँचवटा स्थानीय तहका बालबालिकाहरुलाई यो खोप उपलब्ध गराईने छ । 
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झा, वडा अध्यक्ष रविन्द्र कर्माचार्यले अभियानको शुभारम्भ गर्नु भएको थियो । रोशी गाउँपालिकामा गाउँपालिका अध्यक्ष डिबी लामा, स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झा र गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्मरु दाहालले संयुक्त रुपमा उद्घाटन गर्नु भएको छ । चैत्र २ गते देखि १० गतेसम्म भुम्लु, चौरीदेउराली, तेमाल र रोशी गाउँपालिका, मण्डनदेउपुर, धुलिखेल र नमोबुद्ध नगरपालिकामा संचालन हुने छ भने दोश्रो चरण बनेपा र पनौती नगरपालिका, बेथान्चोक, खानीखोला र महाभारत गाउँपालिकाकामा हुनेछ । खोप अभियान शुरु भएका पालिकाहरुमा प्रमुखहरुले औपचारिक कार्यक्रमका साथ शुभारम्भ गरेका थिए ।  
धुलिखेल नगरपालिका वडा नम्वर ४ को २८ किलो खोप केन्द्रमा ९५ जना बालबालिकाहरुलाई खोपसेवा उपलब्ध गराईने अध्यक्ष कर्माचार्यले बताउनु भयो । सबै खोप केन्द्रहरुमा स्वयंसेवक मार्फत खोप सेवा दिने र छुटेका बालबालिकाहरुलाई वडा कार्यालयमा उपलब्ध गराईनेछ । कुनै पनि बालबालिकाहरु नछुटाईने गरी खोप सेवाको ब्यवस्था गरिएको छ । केन्द्रमा पहिलो खोप १५ महिने शिशु कर्मिस्या श्रेष्ठलाई लगाईयो । तीन सन्तानकी आमा भारत सितामढी घर भई धुलिखेलमा प्रेसर कुकर मर्मत गर्ने कमलेश प्रसाद महत्तो र रुविदेवी महत्तोको २ बर्षिया छोरीलाई दोश्रो खोप लगाईएको छ । जिल्लामा रहने सबै अभिभावकका ५ बर्ष मुनी र ९ महिना माथिका बालबालिकाहरुलाई यो खोप दिने गरी ब्यवस्थापन गरिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले बताउनु भयो । जिल्लामा यो समुहमा ३१ हजार ९ सय ७२ बालबालिका छन् । बालबाकिलाहरुका लागि जिल्लामा ९ सय ६२ खोप केन्द्र तय भएका छन् भने १ हजार ९ सय २४ स्वयंसेवीका र १ हजार ८७ जना खोप कार्यकर्ता परिचालन गरिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो । धुलिखेल नगरपालिकामा कोहि पनि बालबालिका नछुट्ने गरी अभियान शुरु गरिएको स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले बताउनु भयो । 
राष्ट्रिय अभियानहरु पहिलो २००४, दोश्रो २००८, तेश्रो २०१२, चौथौ २०१६ मा आयोजना गरिएको थियो । हरेक चार चार वर्षमा गरिने यो अन्तिम चरणको खोप कार्यक्रम हो । यो खोप लगाउने बालबालिकाहरुलाई उक्त रोगको अलावा झाडापखाला र विफरका रोगबाट समेत बालबालिकाहरुलाई बचाउन सकिन्छ । २०२३ भित्र नेपाललाई पोलियो र दादुरा रुबेला उल्मुलन गरिसक्ने लक्ष्य अनुसार कोहि बालबाकिलाहरुलाई नछुटाई उक्त खोप लगाउने अभियान शुरु गरिएको हो ।