2026 April 22/ 11:05: 31am

        धुलिखेल/रोटरी क्लब अफ धुलिखेल, रोटरी अष्ट्रेलिया वल्र्ड कम्युनिटि सर्भिस, रेयुकाई ईको मासुनागा आँखा अस्पतालको आर्थिक तथा प्राविधिक सहयोगमा रोटरियन दृष्टीविज्ञहरुद्धारा बृहत्त आँखा शिविर आयोजना गरिएको छ । 
    जिल्लाको पनौती नगरपालिका, तेमाल गाउँपालिका, सिन्धुली, बर्दिबास, ढल्केबार, सर्लाही, महोत्तरी, रौतहट र बारा जिल्लामा निःशुल्क वृहत आँखा शिविर सम्पन्न भएको छ । शिविरमा महिला २ हजार २ सय ५३ र पुरुष २ हजार १ सय ७६, विद्यार्थी १ हजार ६१ गरी ५ हजार ४ सय ८० जना आखाँका बिरामिहरुको आखाँको परिक्षण, उपचार, परामर्श तथा निःशुल्क शल्यक्रियाको सेवा पाएका छन् । शिविरमा १ सय ८४ जना मोतियाविन्दु भएका विरामीहरुलाई निःशुल्क शल्यक्रिया गर्न काभ्रे जिल्लाको बनेपा स्थित रेयुकाई ईको मासुनागा आँखा अस्पताल र ढल्केबार आँखा अस्पतालमा निःशुल्क मोतिया विन्दुको शल्यक्रिया हुने भएको छ ।