चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. ले संस्थामा आबद्ध ६० बर्ष वा सो भन्दा माथीका जेष्ठ शेयर सदस्यहरुलाई अवलोकन भ्रमण तथा तिर्थाटन कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको बार्षिक कार्ययोजना अनुसार जेष्ठ शेयर सदस्यहरुको सम्मानमा फागुन १७ गते शनिवार धुलिखेल स्थित देवीस्थान र नमोबुद्ध भगवानको दर्शनका साथै अवलोकन भ्रमण गराएको थियो । जेष्ठ शेयर सदस्य अवलोकन भ्रमण तथा तिर्थाटन कार्यक्रमका बारेमा का.मु. प्रमुख व्यवस्थापक बद्रि नाथ बादेले संस्थाको स्थापनाकालदेखि सहकारी भावना र उद्धेश्य अनुरुप संस्थामा आबद्ध शेयर सदस्यहरु लगायत समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणका लागि संस्थाले विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको र विगत ८ बर्ष अगाडीदेखि संस्थामा आवद्ध जेष्ठ शेयर सदस्यहरुको जिवनमा खुशि ल्याउन लागि अवलोकन तथा तिर्थाटन गराउन प्रस्ताव भए अनुसार हालसम्म निरन्तरता दिदै कार्यक्रम सफल रुपमा सम्पन्न गर्दै आएको जानकारी गराउनु भएको थियो । त्यसैगरी संस्थाका सल्लाहकार बाल भक्त प्रधानले आगामी बर्षमा जेष्ठ शेयर सदस्यहरुको तिर्थाटन कार्यक्रमका लागि केही परिमार्जन गर्न अध्ययण गर्ने बताउनु भयो । अवलोकन भ्रमणमा ३५५ जना जेष्ठ सदस्यहरु सहभागी हुनु भएको थियो ।
कार्यक्रममा जेष्ठ शेयर सदस्यहरुको तर्फबाट श्री गंगा सागर श्रेष्ठले बोल्नु भएको थियो भने संस्थाका अध्यक्ष बिकास बादेले चण्डेश्वरी साकोस समुदायका हितमा कार्य गर्दै आएकोले आगामी दिनहरुमा पनि जेष्ठ शेयर सदस्यहरुको निरन्तरताको अपेक्षा सहित धन्यवाद ब्यक्त गरिएको थियो ।
त्यस्तै चण्डेश्वरी साकोसको बार्षिक कार्य योजनामा अनुसार संस्थामा आबद्ध शेयर सदस्यहरुको शिप बिकासका लागि महिला बिकास उपसमितिको संयोजकत्वमा १ हप्ते बेकरी तालिम फागुन १८ गतेदेखि शुरु भई २४ गते सम्पन्न भएको थियो । बनेपा, सुब्बागाउँ, जनागालमा रहेका ३१ जना शेयर सदस्यहरु सहभागी भएको तालिम प्रशिक्षिका सजना नकर्मीले उद्यम गर्न सकिने गरी रमाईलो वातावरणमा बेकरीका विभिन्न परिकारका साथै अन्य आवश्यक परिकारहरु बनाउन सिकाउनु भएको थियो । त्यसैगरी काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको बार्षिक कार्य योजनामा संघमा आबद्ध प्रारम्भिक संस्थाहरुको साझेदारी तालिम कार्यक्रम संचालन गर्ने योजनामा चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.संगको ३ दिने एड्भान्स लेखा व्यबस्थापन तालिम २०७६ फागुन २२ गतेदेखि २४ गतेसम्म बनेपा-११, सिनागाल स्थित गौतम भिलेज रिसोर्टमा सम्पन्न भएको थियो । जिल्ला बचत तथा ऋण सहकारी संघमा आबद्ध १८ वटा सहकारी संस्थाहरुबाट जम्मा २८ जनाको सहभागिता रहेको थियो ।





