2026 April 22/ 12:04: 20pm

धुलिखेल/तेमाल गाँउपालिका वडा नम्वर ८ खड्कुले दह भन्ने स्थानको रोशी खोला नजिक रामबहादुर घिसिङको तोरी खेतमा फेला परेको शवको पहिचान भएको छ । 
स्थानीयहरुले नाम थर वतन नखुलेको पुरुष ब्यक्तिको लाश घोप्टो अबस्थामा फेला परेको छ भन्ने सूचना प्रहरीलाई दिएका थिए । ईलाका प्रहरी कार्यालय मंगलटार र जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले घटनास्थल तथा लासजाँच प्रकृति मुचुल्का समेतको प्रारम्भीक अनुसन्धान सकेर शब परिक्षणका लागि फोरेन्सिक मेडिसिन बिभाग त्रिवी शिक्षण अस्पताल महाराजगंज पठाईएको थियो । पहिचान हुन नसकेको शवको आफन्तहरुको खोज तलास भई रहेको अबस्थामा शवको पहिचान हुन सकेको थियो । रोशी गाँउपालिका वडा नम्वर १२ बस्ने बर्ष ५७ को मानबहादुर राना मगर भएको फागुन २६ गते मृतकका छोरा कुमार राना मगरबाट सनाखत भएको छ । मृतकको शवको सम्बन्धमा जाहेरी दरखास्त लिई अनुसन्धान शुरु भएको थियो । मृतक मानबहादुर फागुन २३ गते गते देखि घरबाट हिडेका थिए । उनको कसरी मृत्यु भयो भन्ने अनुसन्धान भई रहेको प्रहरी प्रवक्ता डिएस्पी कुमारविक्रम थापाले जानकारी दिनु भयो ।