2026 April 22/ 12:03: 49pm

बनेपा/प्रहरीलाई घुस रकम दिने एक ब्यक्ति पक्राउ परेका छन् । प्रहरी साँगा अगाडी अरनिको राजमार्गमा ड्युटीमा रहेका प्रहरी असई र जवानलाई घुस रकम दिने ब्यक्तिलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिनु भयो । 
    नमोबुद्ध नगरपालिका स्थित भकुण्डेबाट रोडा लोड गरी ललितपुर जिल्ला टिकाथली जान लागेको बा ५ ख ८७९४ नम्बरको टिपरका चालक रामेछाप खाँडादेवी गाउँपालिका वडा नम्वर ९ बस्ने २८ बर्षिय सरोज तामाङले आवश्यक कागजपत्र माग्दा चालकले कागजपत्रका ठाउँमा कागजपत्र नदेखाई असईलाई ५ सय र प्रहरी जवानलाई एक सय रुपैयाँ दिएका थिए । प्रहरीलाई घुस दिने तामाङलाई तत्काल पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक तिमल्सिनाले जानकारी दिनु भयो ।