2026 April 22/ 12:04: 20pm

धुलिखेल/नेपाल सहकारी पत्रकार समाजको आयोजनामा धुलिखेलमा सहकारीका विभिन्न विषयमा संचारकर्मीहरुलाई स्थानीय तहमा सहकारी विषयक छलफल तथा दुई दिने तालिम सम्पन्न गरिएको छ । 
समाजका अध्यक्ष खिलानाथ दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले सहकारीहरुले खेलेको भूमिका र सहकारी बंैकको भूमिकामा पत्रकारहरुको जिम्मेवारी र दायित्वका बारेमा जानकारी गराउनु भएको थियो । मण्डन देउपुर नगरपालिकाका उपप्रमुख निर्मला शाहि, पाँचखाल नगरपालिका उपप्रमुख लक्ष्मी दनुवार, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका प्रथम उपाध्यक्ष इन्द्रप्रसाद अधिकारी, कृषि सहकारीका अध्यक्ष सुमन नेपाल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, सहकारीकर्मी दिपक पौड्याल लगायतले मन्तब्य राख्नु भएको थियो । सहकारी अभियानका बारेमा भईरहेका बहस र अभियानको गन्तब्यका बारेमा सहभागीहरुले चासो र चिन्ता ब्यक्त गर्दै अभियानलाई अझै सबल र सक्षम बनाउँदै लैजानु पर्ने बताएका थिए । तालिममा राष्ट्रिय सहकारी विभागका रजिस्टार डा. टोकराज पाण्डे, बद्री गुरागाई, दिपक पौड्याल र यादव हुमागाई लगायतले प्रशिक्षण दिनु भएको थियो ।