2026 April 22/ 10:23: 14am

बनेपा/पिपुल्स साकोसको १४ औं स्थापना दिवसको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । शनिबार आयोजित कार्यक्रममा ४८ जना रक्तदाता सहभागी भई अमुल्य रक्तदान गरेका थिए । 
समिति, उप–समिति, कर्मचारी, शेयर सदस्य र अन्य संस्थासँग सरोकार राख्ने माहनुभावहरुको सकृय उपस्थिती रहेको रक्तदान कार्यक्रममा संस्थाका अध्यक्ष नवराज के. सी.बाट रक्तदाता तथा रेडक्रसका प्राविधिकहरुलाई क्रमश प्रशंसा–पत्र र मायाको चिनो प्रदान गरिएको थियो । गत १२ औं स्थापना दिवस देखि गरिदै आयको यस कार्यक्रमलाई निरन्तरता दिने योजना संस्थाले लिएकोे छ ।