2026 April 22/ 10:22: 23am

बनेपा/पोर्टेज समाहित विशेष विद्यालयको आयोजनामा विद्यालयको विकास र विद्यार्थीहरुको प्रगतिको लागि २०७५ श्रावण देखि २०७६ फागुण ११ सम्म आर्थिक,भौतिक सामग्रीहरु लगायत सहयोग गर्नुहुने ब्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको छ । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरथबहादुर थापाको सभापतित्व र बनेपा नगरपलिकाका प्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्वर १२ का अध्यक्ष रामबहादुर कुँवर, महिला बालबालिका तथा जेष्ठ नगरिक शाखाका अधिकृत विजया सुवेदी, बनेपा न.पाका सुचना प्रविधि अधिकृत सुरेश कुमार थापा, रेयुकाई आँखा अस्पताका महासचिव हीरामणी शर्मा, प्राध्यापक भोला के.सी., गुडविल फाउन्डेसनका प्रतिनिधि एवं पोर्टेज तथापुनस्र्थापन संस्थाका सल्लाहकार सदस्य अशोक कुमार श्रेष्ठ,लायन्स क्लब अफ काभ्रेका मणि सुब्बा लगायतका  महानुभावहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयलाई सहयोग गर्नुहुने १७ वटा संघसंस्थाहरु र ३२ जना व्यक्तिहरुलाई प्रशंसा पत्र प्रदान गर्नु भएको थियो । विद्यालय तथा विद्यार्थीहरुलाई प्राप्त सहयोगहरुमा एक लाख रुपैयाँसम्मको आर्थिक सहयोग, विद्यार्थीहरुलाई पोशाक, पुरस्कार, खाजा आदि, विद्यालयलाई मसलन्द तथा सिकाई सामग्रीहरु, शौचालय निर्माण, फर्निचर तथा सहायक सामग्रीहरु, निःशुल्क स्वास्थ्य परीक्षण, छात्राबासमा बस्ने विद्यार्थीहरुको लागि एक दिन देखि एक महिनासम्मको लागि खाद्यान्न सामग्रीहरु, सिरक डसना लुगा आदि, विद्यालयको बारेमा भएका कार्यक्रमहरुमा समेत सूचना प्रवाह गर्ने जस्ता सहयोगहरु रहेका थिए । कार्यक्रममा बिद्यालयको छात्राबास रहेका १० जना विद्यार्थीहरुको लागि बनेपा नगरपालिकाको तर्फबाट नगर प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बादेले ब्ब्याल्ङ्गकेटहरु विद्यार्थीहरुलाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थी श्रेया राईबाट एकल गीत प्रस्तुत गरिएको थियो । 
    कार्यक्रममा शिक्षिका शुसिला कार्कीले विद्यालयको विविध गतिविधि, चुनौती आदि बिषयहरुमा जानकारी प्रस्तुत गरिएको थियो भने विद्यालय व्यवस्थापन समितिका सदस्य कमला लामाबाट स्वागत मन्तव्य सहित राख्नु भएको थियो । अभिभावक सरिता शर्माले विद्यालयले आफ्नो छोरीलाई गरेको सहयोग र त्यसबाट आएका सुधारहरुका बारेमा जानकारी गराउनु भएको थियो भने सहयोगीहरुको तर्पmबाट प्राध्यापक भोला के.सी.ले विशेष तथा समावेशी शिक्षाको महत्व र यसले बालबालिकाहरुमा पु¥याउने सहयोगका विषयमा भनाई राख्नु भएको थियो ।