2026 April 22/ 10:22: 24am

बनेपा/ज्ञानज्योती एकेडेमी माध्यमिक विद्यालयको १९ औ वार्षिक उत्सब तथा तेस्रो विज्ञान एवं शैक्षिक प्रर्दशनी सम्पन्न गरेको छ । 
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शुभलक्ष्मी मानन्धरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कक्षा १ देखी १० सम्मका विद्यार्थीहरुले भाग लिएका थिए । कार्यक्रममा प्रमुख अतिथी मानन्धरले विगतका वर्षदेखी विद्यार्थीहरुलाई पढाई सँगै आफुले पढेका कुराहरुलाई ब्यबहारमा उतारी ज्ञानमूलक शिक्षा प्रदान गरिरहेको बताउनु भयो । विद्यालयले विभिन्न समयमा अतिरिक्त क्रियाकलाप, खेलकुद सप्ताह, अन्तरविद्यालय कार्यक्रमहरुको आयोजना गर्र्दै आईरहेको मानन्धरले वताउनु भयो । कार्यक्रममा क्षमताका आधारमा विद्यार्थीहरुले पढाईलाई ब्यबहारमा उतारी शैक्षिक प्रर्दशनीमा सामाग्री तयार गरेका थिए । विज्ञान तथा शैक्षिक प्रर्दशनमीमा ४० वटा स्टल राखिएको थियो भने नजिकैका विद्यालयका विद्यार्थीहरु, अभिभावक गरी करिब २ हजार जतीले अवलोकन गरेका थिए । प्रर्दशनी गत विहिबार र शुक्रबारसम्म सञ्चालन भएको थियो । 
कार्यक्रममा २०७५ सालमा उर्तिण एसईईका विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा विदाई गरिएको थियो । प्लेग्रुप देखी कक्षा दशसम्मका विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य विद्यालयका सहायक प्रिन्सिपल सुर्यलक्ष्मी मानन्धरले राख्नु भएको थियो भने कार्यक्रमको सभापतित्व प्रिन्सिपल दिपककर्मी मानन्धरले गर्नु भएको थियो ।