2026 April 22/ 10:22: 17am

बेलरले पायो शिल्ड, उप विजेता नाईटिङ्गेल
बनेपा/बनेपा नगर स्तरीय दोश्रोे अन्तर विद्यालय राष्ट्रपति रनिङ्ग शिल्डको ट्रफी बेलर ईन्टरनेश्नल एकेडेमीले हात पारेको छ । रनिङ्ग शिल्डको उप विजेता नाईटिङ्गेल एकेडेमी भएको छ । बेलर एकेडेमी ७ वटा खेलमा र नाईटीङ्गेल एकेमडेमी ६ वटा खेलमा विजेता भएका थिए ।  विजेता टिम एवं विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा बनेपा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहालले पुरस्कार वितरण गर्नु भएको थियो । 
दाहालले खेल जिवनको अपिहार्य विषय भएकाले पढाई सगै खेललाई निरन्तरता दिन विद्यार्थीहरुलाई अनुरोध गर्नु भएको थियो । खेल खेल्दा मानिस स्वस्थ्य हुने भएकाले मानिस स्वस्थ भएपछि समाज, र राष्ट्र स्वस्थ हुन्छ दाहालले भन्नु भयो । विद्याथीहरुलाई नगरपालिकाले बनेपा मेयरकप, अतिरिक्त कृयाकलापहरु जस्ता कार्यक्रमहरु आयोजना गरिरहने हुँदा यस्ता कार्यक्रमहरुमा भाग लिन अनुरोध गर्नु भएको थियो । खेल खेल्दा राष्ट्रको समेत नाम रहने हुदाँ खेललाई जिवन उपयोगी बनाउन अनुरोध गर्नु भएको थियो । प्रतियोगितामा भलिबल छात्रा तर्फ प्रथम आजाद मावि द्धितिय बेलर ईन्टरनेश्नल ऐकेडेमी  र छात्र तर्फ प्रथम बेलर ईन्टरनेश्नल एकेडेमी र द्धितिय बालनिकेतन मावि रहेका छन् । कबड्डी छात्रातर्फ शिक्षासदन मावि र द्धितिय चैतन्य मावि भएका छन् भने छात्र तर्फ प्रथम बेलर ईन्टरनेश्नल एकेडेमी मावि र द्धितिय निष्ट मावि रहेका छन् । एथलेटेक्सि अन्र्तगत १०० मिटर छात्रा तर्फ प्रथम  बनेपा निष्टका कृतिक दाहाल द्धितिय  विद्यासागर अंग्रजी माविका उत्सब दाहाल र छात्रा तर्फ प्रथम हिमालय माविकी पवि कर्मचार्य र द्धितिय काभ्रे माविकी कुसुम तामाङ रहेका छन् । त्यसै गरी २०० मिटरको छात्र तर्फ प्रथम बनेपा निष्टका कृतिक दाहाल, द्धितिय बाल निकेतनका विकास तिमल्सिना र छात्रा तर्फ बेलर ईन्टरनेश्नल एकेडमेमीका आयुषा थापा प्रथम र द्धितिय हिमालय माविका पवि कर्मचार्य रहेका छन् । त्यसै गरी ४०० मिटर छात्र तर्फ प्रथम चैतन्य माविका ज्ञान ध्वज तामाङ द्धितिय आजाद माविका प्रकाश गौतम छात्रा तर्फ प्रथम नाईटिङ्गेल एकेडेमी माबीकी प्रशंसा शर्मा द्धितिय शिक्षा सदन माविकी विनि श्रेष्ठ रहेका छन् । त्यसै गरी ८०० मिटर छात्र तर्फ प्रथम ईनोभेटीभ एकेडेमीका राहुल तामाङ्ग द्धितिय शिक्षा सदन माविका प्रंज्वल महार, छात्रा तर्फ प्रथम नाईटिङ्गेल एकेडेमीकी अनिष विष्ट द्धितिय गणेश भारति माविकी कृतिका केसी रहेकी छन् । त्यसै गरी १ हजार ५ सय मिटर छात्र तर्फ प्रथम ईनोभेटीभ माविका सोनल श्रेष्ठ द्धितिय बेलर ईन्टर नेश्नल एकेडेमीका सविन केसी छात्रा तर्फ प्रथम नाईटिङ्गेल एकेडेमीकी मोनिका कार्कि द्धितिय बेलर ईन्टर नेश्ननल एकेडेमीकी मनसा लामा रहेकी छिन् । सटपुट छात्र तर्फ प्रथम क्षितिज ईङ्गलिस स्कुलका रोहित बाँनिया द्धितिय बेलर ईन्टरनेश्नल एकेडमेमीका शंकर न्यौपाने छात्रा तर्फ प्रथम बेलर ईन्टर नेश्नल एकेडेमीकी अमिरा श्रेष्ठ द्धितिय क्षितिज ईङ्गलिस स्कुलकी सङ्गिता तामाङ्ग रहेकी छिन् । लमजुङ्ग छात्र तर्फ प्रथम काभ्रे माविका कृष्ण तामाङ्ग द्धितिय नाईटिङ्गेल एकेडेमीका अस्मिक भुजेल र छात्रा तर्फ प्रथम विद्यासागर अंग्रजी माविकी  स्नेहा नोपाली, द्धितिय काभ्रे माविकी निता कर्मचार्य रहेका छन् । प्रतियोगिता समापन कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत आनन्दराज पोखरेल, शिक्षा शाखा प्रमुख श्याम सिं धामी, बनेपा नगरपालिकाका वडा अध्यक्षहरु, सामाजिक विकास शाखा प्रमुख चिरञ्जीबी अर्याल लगाएतको सहभागिता रहेको थियो । समापन कार्यक्रमको सभापतित्व वनेपा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तथा प्रतियोगिता संचालन उपसमीती संयोजक बलराम अधिकारीले गर्नु भएको थियो । प्रतियोगितामा २१ वटा विद्यालयका विद्यार्थीहरुले प्रतियोगिताको विभिन्न विद्यामा भाग लिएका थिए । 
प्रतियोगिताको उद्घाटन बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मीनरसिं बादेले गर्नु भएको थियो । बादेले विद्यार्थीहरुको शिक्षा सगै शारिरिक एवं मानसिक क्षमता, आत्मरक्षा र स्वस्थताका  लागी खेल अपरिहर्य रहेको वताउनु भयो । खेलले मानिसलाई अनुशासित, ब्यबहारिक, स्वस्थ राख्ने भएकाले पढाई सगै हरेक विषयमा मानिस सफल हुने बताउनु भयो । खेललाई मर्यादित र अनुसाशित भई खेल्न समेत विद्यार्थीहरुलाई बादेले आग्रह गर्नु भएको थियो । प्रतियोगितामा बनेपा नगरपालिका शिक्षा शाखा प्रमुख श्याम सिं धामि, जिल्ला खेलकुद विकास समितीका अध्यक्ष मानविर लामा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, लगाएतको सहभागिता रहेको थियो ।  प्रतियोगिता गत आईतबार देखी सञ्चालन भएको थियो ।