2026 April 22/ 10:49: 18am

बनेपा/काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजना र जनमुखी बचत तथा ऋण सहकारी संस्था लि. बडाल गाउँको सहकार्यमा जिल्लाका संचारकर्मीहरुसँग अन्र्तक्रिया कार्यक्रम गरेको छ । 
जिल्ला बचत संघका बरिष्ठ उपाध्यक्ष ईन्द्रप्रसाद अधिकारीले संघको माघ मसान्त सम्मका गतिविधीका बारेमा प्रस्तुत गर्नु भएको थियो । अधिकारीले संघ र मिडीयाहरु हातेमालो गरी अगाडि बढने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । संघको सहकारी संस्थाहरुको प्रर्वद्धन, सुदृढिकरण र समन्वय गरी संस्थागत विकास गर्र्दै संस्थाहरुलाई वित्तिय तथा गैर वित्तिय सेवा पु¥याउने उदेश्य रहेको बताउनु भयो । संघले १३ वटै स्थानीय तहमा समन्वय गरी सहकारीहरुलाई सेवा विस्तार, सुचना केन्द्र र सहकारी शिबिर तालिम लगायतका कार्यहरु गर्ने अधिकारीले वताउनु भएको थियो । संघमा २ सय ३३ वटा संस्था आबद्ध रहेका छन् भने संघको कुल शेयर पुजीं २ करोड ८२ लाख ७६ हजार, निक्षेप ६४ करोड ४२ लाख १६ हजार , कर्जा लगानी २७ करोड १६ लाख ६३ हजार रहेको जनाउनु भएको थियो । संघले आर्थिक बर्षको अन्त्य सम्ममा लक्ष्यमा पुग्ने समेत अधिकारीले बताउनु भयो । 
कार्यक्रममा संघका सचिव उदयराम कायस्थ, बाग्मती प्रदेशका उपाध्यक्ष यदुनाथ गौतम, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, जनमुखी साकोसका अध्यक्ष उद्धब प्रसाद बडाल, विभिन्न उपसमितिका संयोजक लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य संचार उपसमितिका संयोजक रमेश न्यौपानेले राख्नु भएको थियो भने संचालन संघका प्रबन्धक गुरुप्रसाद ढकालले गर्नु भएको थियो ।