पनौती/‘समानताको पुस्ता अन्त्य गरौं हिंसा विभेद र असमानता’ भन्ने मुल नाराका साथ १ सय १० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सामुदायिक बचत तथा ऋण सहकारी संस्था पनौती ४ टौखालको महिला विकास उपसमितिको आयोजनामा वित्तीय साक्षरता सम्बन्धि एकदिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।
संचालक सदस्य तथा महिला उप समिति संयोजक जमुना सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पनौती नगरपालिका उप प्रमुख गीता बन्जाराको प्रमुख आतिथ्यता रहेको थियो । महिला बिकास उपसमिति सदस्य रञ्जु सापकोटाको स्वागत मन्तव्य रहेको कार्यक्रम लेखा समिति सदस्य मिना श्रेष्ठले संचालन गर्नु भएको थियो । कार्यक्रममा सामुदायिक साकोसले प्रदान आएको बस्तु तथा सेवाको बारेमा बचत अधिकृत भक्तबहादुर श्रेष्ठले जानकारी गराउनु भएको थियो । जिल्ला भर कार्यक्षेत्र भएको २५ हजार भन्दा बढि सदस्यहरुलाई स्थानीय स्तरमै गुणस्तरिय सेवा प्रदान गरिरहेको संस्थाले सदस्य केन्द्रित कार्यक्रमहरु अगाडि सारेको जानकरी गराउनु भएको थियो । समूह परिचालन अधिकृत योग बहादुर सापकोटाले वित्तिय साक्षरताको कक्षा प्रारम्भ गर्दै सहभागिहरुलाई त्यसको आवश्यकता र महत्वका बारेमा जानकारी गर्नु भएको थियो ।
संस्थाका अध्यक्ष प्रकाश बन्जाराले महिलाहरु आत्मनिर्भर भइसकेको तथा महिलाहरुलाइ आत्मनिर्भर हुन सिपमूलक तालिम सामुदायिक साकोसले उपलब्ध गराईरहेको बताउनु भयो । कार्यक्रममा जीबन सुरक्षा बचत खाता खोल्ने सदस्य दुर्गा अर्याललाई उपचार खर्च सोध भर्ना बापत रकम उपलव्ध गराईएको थियो ।





