धुलिखेल/ठकुरी सहयोग संजाल काभ्रेको दोश्रो जिल्ला भेला तथा अधिवेशन निवर्तमान अध्यक्ष के.बि. हमालको अध्यक्षतामा सम्पन्न भएको छ । भेला मण्डन देउपुर नगर उपप्रमुख निर्मला शाहीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
जिल्ला सचिव गंगाराम ठकुरीले ठकुरी सहयोग संजाल काभे्रका गतिविधिहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा केन्द्रीय सल्लाहकार किरण मल्ल ठकुरी, केन्द्रीय महासचिव अभिशेक शाह लगायतले संजाललाई थप गतिशिलता प्रदान गर्नुपर्ने सुझाव दिनु भएको थियो । ठकुरी सहयोग संजालबाट संचालित कलम परियोजना अन्तर्गत मण्डनदेउपुर न.पा.१२ निवासी प्रकाश चन्दलाई शैक्षिक छात्रवृत्ती समेत हस्तान्तरण गरिएको थियो । अधिवेशनले आगामी २ वर्षे कार्यकालको लागि अध्यक्षमा अम्बिका हमाल, बरिष्ठ उपाध्यक्षमा सानुराजा शाही ठकुरी, उपाध्यक्षमा खड्ग बहादुर ठकुरी, महासचिवमा गंगाराम ठकुरी, सचिवमा राज कुमार शाह, कोषाध्यक्षमा हरि ठकुरी, सदस्यहरुमा क्रमशः विनिता सिंह ठकुरी, इन्द्र कुमार शाह, माधव राज ठकुरी, सुनिता मल्ल ठकुरी, सुनिता शाह, ब्रम्ह कुमार शाह, रुपा हमाल ठकुरी, नारायण शाह, दीपेश ठकुरीसहित १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
सोही अधिवेशनले भाषा संस्कृति, कला साहित्य विभाग संयोजकमा अमरकृष्ण चन्द, महिला विभाग संयोजकमा सुनिता मल्ल ठकुरी, संगठन विभाग संयोजकमा गंगाराम ठकुरी, युवा विभाग संयोजकमा राजकुमार शाह र सल्लाहकार समितिमा के.वि. हमाल, पशुपति कुमार शाह, एकराज कुमार शाही, विवेक राज ठकुरी र भेषराज शाहलाई चयन गरेको छ ।





