2026 April 22/ 10:48: 47am

    बनेपा/लिन इन्टरनेशनल बोर्डिङ्ग स्कुल बनेपा नगरपालिका वडा नम्वर ८ को १९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस वडा अध्यक्ष दानबहादुर मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    अध्यक्ष मुन्यश्वर कायश्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी बादेले शिक्षालाई प्रभावकारी ढंगले अगाडि बढाउन विद्यालयले विद्यार्थीहरुको शैक्षिक गुणस्तर सहित प्रतिभाहरुको सम्मान गर्नु पर्ने बताउनु भएको छ । कार्यक्रममा अध्यक्ष कायश्थले विद्यालयले लिएको उद्देश्य र विद्यार्थीहरुको भविश्य सुनिश्चित बनाउन निरन्तर कृयाशिल रहेको बताउनु भएको थियो । कार्यक्रममा विद्यालयका निर्देशक कृष्ण भण्डारी (शिशिर), विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण श्रेष्ठ, बनेपा नगरपालिका शिक्षा शाखाका प्रमुख श्यामसिं धामी, एकिकृत अखिल नेपाल शिक्षक संगठन बाग्मती प्रदेशका दुर्गा सिं तामाङ, काभ्रे प्याब्सनका अध्यक्ष पूर्णकुमार श्रेष्ठ, उपाध्यक्ष भरतबहादुर केसी, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, विद्यालय ब्यवस्थापन समितिका सदस्यहरु, अभिभावकहरु, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । 
    कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रतिभाहरु प्रस्फुटन गरेका थिए । विद्यार्थीहरुले उत्तिर्ण गरेका विभिन्न विधाहरुको पुरस्कार सोहि अवसरमा वितरण गरिएको थियो । भुतपूर्व विद्यार्थी, अभिभावक लगायतले विद्यालय गरेका उपलब्धीहरुका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न खेलहरु प्रर्दशन गरेका थिए भने अभिभावकहरुलाई खेल खेलाएर मनोरञ्जन प्रदान गरिएको थियो ।