2026 April 22/ 10:50: 19am

स्तनपायी आमालाई दुग्धबद्र्धक सामाग्री
बनेपा/जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपा काभ्रेले शुक्रबार बनेपामा स्तनपायी आमालाई मातृशिशु सुरक्षार्थ दुग्धवद्धर्क आयुर्वेद औषधी वितरण तथा प्रर्वद्धन कार्यक्रम सम्पन्न गरेको छ । 
    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको योगहलमा आयोजित कार्यक्तममा बनेपा नगरपालिका वडा नम्वर ५ का अध्यक्ष बलराम अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा केन्द्रका प्रमुख आर्युबेद चिकित्सक डा. मनोज कुमार चौधरीको अध्यक्षता रहेको थियो । कार्यक्रममा बनेपा नगरपालिका स्वास्थ्य शाखा प्रमुख महेश्वरकाजी श्रेष्ठ लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा ३६ जना महिला स्वयंसेविका र ५० भन्दा धेरै स्तनपायी आमाहरु सहभागी रहेको केन्द्रका लेखा प्रमुख कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो । स्तनपायी आमाहरुलाई दुग्धवद्र्धक औषधी वितरणका साथै कुरिलोको रस वितरण गरिएको थियो । सहभागीहरुलाई निरिक्षक रमेशप्रसाद पनेरुले स्वागत गर्नु भएको थियो । आर्युवेदले बनेपा क्षेत्र भित्र आर्युवेदका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।